कोठा भाडा तिर्ने पैसा नभएपछि नातिको साथमा शौचालयको बास


प्रकाशित मिति : फाल्गुन ६, २०७५ सोमबार

बेनी नगरपालिका, २ तमानेकी ७५ वर्षीय जमुना सुनार शौचालयमा बसेर दुई नातिलाई हुर्काइ पढाई गर्दै आएकी छिन् ।सुकुमबासी परिवारकी जमुनासँग बस्ने घर छैन । दुई छोरालाई आफ्नो जिम्मा लगाएर उनका कान्दा छोराबुहारी बेखबर भएपछि वृद्धा जमुनाकाको काँधमा नौ र सात वर्षीय नातिहरुको पालनपोषणको जिम्मेवारी आइपरेको हो ।

गत मंसिरदेखि बगरफाँटको सरस्वती आधारभूत विद्यालयको प्रयोगबिहीन शौचालय उनीहरुको घर बनेको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com