प्रधानमन्त्री ओली, प्रचण्ड र देउवा एकाएक शीतलनिवासमा
प्रकाशित मिति : फाल्गुन ६, २०७५ सोमबार

प्रधानमन्त्री केपी शर्माओलीसहित प्रमुख दलका शीर्ष नेता राष्ट्रपति भेट्न आइतबार साँझ एकैसाथ शीतलनिवास पुगेका छन् ।
प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी काँग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति विजयकुमार गच्छदार सुटुक्क शीतलनिवास पुगेका हुन् ।

स्रोतका अनुसार शीर्ष नेतालाई राष्ट्रपति भण्डारी आफैंले बोलाउनुभएको हो । स्रोतका अनुसार राष्ट्रपति भण्डारी र नेताहरुबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको छ । भेटबारे दलका नेताहरुको सचिवालय र राष्ट्रपति कार्यालयले थप खुलाउन चाहेको छैन ।