पासपोर्ट बनाइन् गंगामाया अधिकारीले,अन्तर्राष्ट्रिय समुदायलाई गुहार्ने तयारी


प्रकाशित मिति : फाल्गुन ६, २०७५ सोमबार

लामो समयसम्म नेपालमै न्यायका लागि संघर्ष गर्दा पनि नपाइएको भन्दै गंगामाया अधिकारीले अन्तर्राष्ट्रिय समुदाय गुहार्ने भएकी छन् । उनले आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट राहदानी बनाएकी छन् ।

छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग गर्दै लामो समय अनसन बसे पनि न्याय नपाइएपछि अन्तर्राष्ट्रिय समुदायलाई गुहार्ने तयारीमा उनी रहेकी छन् ।

“नेपालमा न्याय पाइँदैन मेरो जाने ठाउँ र भन्ने कोही पनि छैन त्यसकारणले अब यो विषयलाई अन्तराष्ट्रियकरण गर्छु,” गंगामायाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,“अनसन सुरु गर्छु र मृत्युवरण गर्छु भनेर लागेकी हुँ । शरीरमा पनि पीडा भइरहेको छ । छोरो एउटा जेलमा छ । श्रीमान र एउटा छोरो मारिदिए । अब म के का लागि बाँच्ने भन्ने लागेको छ । तर छोराको हत्यारालाई कारबाही गराएर मात्रै मर्छु भन्ने लागेको छ ।”

उनी अहिले पनि वीर अस्पतालमै छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पीडकले नै राज्य कब्जा गरेकाले अन्तर्राष्ट्रियकरण गर्नुको कुनै विकल्प नभएको उनको भनाइ छ । “नेपालमै न्याय नपाए पनि माग्ने ठाउँ रहेछ । पीडकले राज्य कब्जा गरे पनि अन्तर्राष्ट्रिय क्षेत्राधिकार बाँकी रहेछ । त्यहाँ जाने ठाउँ छ भनेपछि अन्तराष्ट्र जान्छु भन्नुभएको छ,” स्रोतले भन्यो ।

उनी संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्क र जेनेभा तथा बेलायत पुगेर छोराको हत्यारालाई कारबाहीका लागि गुहार माग्ने तयारीमा छन् । छोराको हत्या अभियोग लागेका रुद्र आचार्य युरोपमा भएकाले बेलायतमा पुगेर यसबारेमा न्याय माग्ने तयारीमा उनी रहेकी छन् ।

यसअघि गंगामाया पुल्चोकस्थित राष्ट्रसंघ भवन पुगेकी थिइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com