दर्पण छायाँ’को सिक्वेल बनाउँदैछौँ : अभिनेत्री निरुता
प्रकाशित मिति : फाल्गुन ६, २०७५ सोमबार

अभिनेत्री निरुता सिंहले सुपरहिट फिल्म ‘दर्पण छायाँ’को सिक्वेल बन्ने खुलासा गरेकी छिन् । एक मिडिया सँगको कुराकानीमा उनले दर्पण छायाँको सिक्वेल बन्ने खुलाएकी हुन् ।
दर्पण छायाँको सिक्वेलमा पनि उत्तम प्रधान, दिलिप रायमाझी र निरुता सिंहको मुख्य भुमिका रहनेछ । दर्पण छायाँको काहनी जहाँ टुगिएको थियो त्यहीबाट नयाँ स्टोरी उठाउने निरुताले बताइन् । उनले भनिन, ‘उत्तमजी एकदमै क्रिएटिभ हुनुहुन्छ ।
फिल्म बनाउने कन्सेप्ट उहाँकै हो । उहाँले फोन गरेर फिल्मको कन्सेप्ट सुनाउनु भएको थियो । मलाई पनि एकदमै राम्रो लाग्यो ।’ यतिबेला उत्तम स्क्रिप्टको काममा व्यस्त छन् ।