भारतीय सेनामा कार्यरत ३ नेपाली सपुतको मृत्युले रूवायो पुरै देशवासीकाे मन
प्रकाशित मिति : फाल्गुन ५, २०७५ आईतबार

भारतीय आर्मीमा कार्यरत यी ३ नेपालीहरुले पाकिस्तानको सिमावर्ति क्षेत्रमा आक्रमणमा परि ज्यान गुमाएका थिए । ज्यान गुमाउनेहरुमा गिरिश गुरुङ, डम्बर बहादुर पुन र रबिन शर्मा रहेका थिए । उनीहरुको भारतिय उच्च सैनिक, सरकारी पदाधिकारी, पत्रकार र आफन्तजनको उपस्थितिमा यसरी उच्च सम्मानका साथ दाहसंस्कार गरिएको थियो । मृतकहरुको चिर आत्माको शान्तिको कामना गर्दै शोकाकुल परिवार जनमा धैर्यधारण गर्न सक्ने क्षमता प्राप्त होस् भन्न चाहान्छौं ।
मृतकहरुको चिर आत्माको शान्तिको कामना गर्दै शोकाकुल परिवार जनमा धैर्यधारण गर्न सक्ने क्षमता प्राप्त होस् भन्न चाहान्छौं ।एजेन्सी । विहीबार कश्मिरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी गरिएको हमलामा परी मृत्यु हुनेको संख्या ४४ पुगेको छ । कश्मिरको प्रमुख शहरबाट करिब २० किलोमिटर टाढा राजमार्गमा गुडिरहेको सैनिक गाडीहरूको समूहलाई लक्षित गरी थापिएको विद्युतीय धरापमा परी कम्तीमा ४४ सुरक्षाकर्मीको मृत्यु भएको हो ।
जहाँ ७८ गाडीमा २५०० भन्दा बढी सुरक्षाकर्मीहरु थिए ।स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार घटनाको पाकिस्तानमा सक्रिय ‘जैस–ए– मोहम्मद इस्लामिक समूह’ले जिम्मेवारी लिएको छ । पाकिस्तानी आतंकबादी सामूह ‘जैस ए मोहम्मद’को मुख्य नाइके मसुद अजहर हुन् । ‘जैस ए मोहम्मद’ले भारतमा यो पहिलो पटक आत्मघाती हमला गरेको भने होइन ।सन् २००१ मा संसद हमला गरेका थिए ।
त्यस्तै पठानकोट एयरबस हमला र उरी आर्मी क्याम्पमा भएको सबै हमलाको मास्टरमाइण्ड मसुद अजहरकै भएको दाबी गरिएको छ । मसुद अजहरको जन्म पाकिस्तानको बहावदपूरमा भएको थियो । उनको पढाई कराचीको जामिया उलुम उल इस्लामियामा भएको थियो । त्यसपछि उनी उल–अंसारसँग जोडिन पुगे । यसपछि उनी आतंबादी गविधिमा संलग्न ुहन थाले ।उनी १९९४ मा श्रीनगर आएका थिए ।
सोही वर्षको फेब्रुअरीमा उनलाई गिरफ्तार गरियो, र जेल हालियो । त्यसपछि उनका सहयोगी अतंककारीहरुले अजहरलाई जेलबाट छुट्याउन कोशिस गर्न थाले । केही अतंकबादीहरुले सन् १९९५ मा जम्मु–कश्मिरमा केही विदेशी पर्यटकलाई किड्न्याप गरेर अजहरलाई छोड्न माग गर्न सुरु गरे । तर ती आतंकबादीहरुको चङ्गुलबाट एक विदेशी पर्यटक भाग्न सफल भए । त्यसपछि आतंबादीहरुले ती विदेशी सबै पर्यटकहरुको हत्या गरिदिए।
त्यसपछि यो समूहले अजहरलाई छुटाउनका लागि १९९९ मा पनि सफल भएनन् । सोही वर्ष १९९९ मा काठमाडौंको अन्तर्राष्ट्रिय एयरपोर्टबाट इन्दीरा गान्धी इन्टरनेशनल एयरपोर्ट दिल्ली जाँदै गरेको भारतीय विमानलाई आतंकबादीहरुले हाइज्याक गरे र सो विमानलाई लिएर अफ्गानिस्तानको कंधार पु¥याए ।उक्त विमानमा १७८ जना यात्रु थिए । ती यात्रीहरुलाई छोड्नका लागि मसुद अजहरलाई रिहा गर्न माग गरे ।
उक्त हाइज्याकको पछाडि मसुद अजरका भाई अब्दुल ऊरुफ असगरको पूरा हात थियो ।त्यसपछि अजहर लगाएत अन्य तीन आतंकबादीहरुलाई जम्मुको कोट भलवाल जेलबाट निकालेर कंधार पु¥याइयो । त्यसपछि ती सबै यात्रीहरुलाई रिहा गरिदिएका थिए । मसुद अजहरले त्यसपछि २०००मा ‘जैश–ए–मोहम्मद’को गठन गरेको थियो । यसका साथै कश्मिरमा लगातार विभिन्न आतंकबादी घटनाहरु घटाउँदै आएको छ ।