भारतमा नेपालको नाम चम्काउने डान्सर सुजन तामाङलाई आयो अमेरिका को डान्स शो बाट निम्तो
प्रकाशित मिति : फाल्गुन ४, २०७५ शनिबार

पछिल्लो समय भारतीय रियालिटी शोहरुमा नेपाल र नेपालीहरुको नाम चम्काएका नेपालीहरुमा पर्ने नाम हो सुजन मार्फा तामाङ । भर्खरै मात्र आफनो अद्भुत डान्सबाट भारतीय लगायत सबै दर्शकहरुलाई नचाउँन सफल भई चर्चित रियालिटी शो डान्स प्लस ४ मा उपविजेता समेत बनेर ट्रफसहित नेपाल आएका सुजनको चर्चा यतिबेला झनै चुलिएको छ ।
यसअघि पनि भारतीय चर्चित डान्स रियालिटी शो डान्स इण्डिया डान्स डान्स ६ मा सेमिफाईनल सम्म पुगेर सबैको मन जितेका उनी अन्तराष्ट्रियस्तरमा पनि वाच भएका छन् । आर्कषक नृत्यको कमालले उनलाई अमेरिकाज गट ट्यालेन्टबाट समेत सहभागीता जनाउनका लागि निम्तो आएको छ ।
यस बारेमा उनी आफैले खुलासा गरेका हुन् । भारतबाट उपविजेता बनेसंगै अमेरिकाबाट फोन आएको बताउँदै उनले सबै मिलेको खण्डमा त्यहाँ पनि जाने बताएका छन् । भिजा मिलेको खण्डमा आफु अमेरिकाज गट ट्यालेन्टको अन्तराष्ट्रिय प्लाटफर्ममा गएर नेपालको झण्डा फहराउदै सहभागीता जनाउने बताए ।
यसअघि पनि उक्त शोका लागि कोसिस गर्दा भिषा नलागेको कारण जान नसकेको बताएका सुजन उक्त शोका लागि फोन आउँदा खुसी लागेको बताउँछन् । डान्ससंगै नेपालमा केही म्युजिक भिडियोमा समेत काम गरिसकेका सुजनलाई डान्स प्लसका पुनितले उनलाई आगामी सिजनमा कोरियोग्राफर बनाउने समेत घोषणा गरिसकेका छन् ।
त्यसैले डान्सको माध्यमबाट नै सुजनलाई यतिबेला विभिन्न अवसरहरु जुटिरहेको छ । एउटा नेपाली ठिटोले अन्तराष्ट्रिय मन्चमा गएर नेपालको नाम राख्दा खुसी नहुने र उनलाई बधाई नदिईरहन कोही नेपाली सक्दैनन् ।