हाइड्रोपावरको नहर बनाउने बाटो सर्भे गर्न जाँदा चिप्लिएर ओभरसियरको मृत्यु


प्रकाशित मिति : फाल्गुन ४, २०७५ शनिबार

जुम्ला चन्दननाथ नगरपालिका निवासी एक ओभरसियरको हाइड्रोपावर को नहर बनाउने बाटो सर्भे गर्न जाँदा चिप्लिएर मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–१० निवासी निरज बिष्टको तिला गाउँपालिका–७ तुई भन्ने स्थानमा हाइड्रो पावरको नहर सर्भे गर्न जाँदा फागुन २ गते चिप्लिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । नहर सर्भेका क्रममा चिप्लँदा धेरै तल तिला नदीको छेउमा पुगेका बिष्ट उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएपछि मृत्यु घोषणा गरिएको प्रहरी जनाएको हो ।

तिला गाउँपालिकामा प्रतिनिधिसभा सांसद विकास कोष र तिला गाउँपालिकाको लगानीमा शुरुआत गरिएको करीब एक मेगावाटको हाइड्रोपावरको निर्माण कार्यका लागि खटिएका ओभरसियर बिष्टको कामकै क्रममा मृत्यु भएको आफन्तले जनाएका छन् । तिला गाउँ पालिका अन्तर्गत एक मेगावाट स्तरको बिजुली निकाल्न सांसद विकास कोषको रु तीन करोड ९६ लाख र तिला गाउँपालिकाको रु ५० लाख विनियोजन भई काम तीव्र गतिमा अगाडि बढिरहेको गाउँपालिकाले जनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com