अनमोल केसी, भुवन केसी र निरुता सिंह एउटै गित “कर्ली कर्ली कपाल” मा (भिडिओ)


प्रकाशित मिति : फाल्गुन ४, २०७५ शनिबार

आज मात्र धेरै चर्चामा रहेको नेपाली चलचित्र “क्याप्टेन” को नया गित सार्बजनिक भएको छ। उक्त गित को बोल “कर्ली कर्ली कपाल” रहेकोछ। यो अनमोल केसी को नया चलचित्र “क्याप्टेन” को दोस्रो गित रहेको छ। सबै भन्दा मुख्य कुरा के भने यो गितमा धेरै कुरा पहिलो चोटि हुँदैछ।

पहिलो कुरा त भुवन केसी र निरुता सिंह धेरै पछी संगै एउटै गितमा देखिदैछन। दोस्रो कुरा अनमोल र निरुता पनि पहिलो चोटी स्क्रिन शेयेर गर्दैछन। अर्को तेस्रो कुरा भुवन केसी र छोरा अनमोल केसी पहिलो चोटी एउटै गितमा नाची रहेकाछन।

गित धेरै राम्रो बनेको छ र गितमा अनमोल, निरुता र भुवन केसीको डान्स निकै राम्रो देखिएकोछ। उक्त गितमा मेलिना राई र यसडी योगी ले दिएका छन। गितमा संगित यसडी योगी र सुशान्त गौतम को रहेकोछ।  गितको रचना हर्क साउद, मनिश ढकाल ले गरेका छन।

क्याप्टेन चलचित्र धेरै चाडो प्रदशनमा आउदैछ। यस चलचित्रको निर्देशन दिवाकर भट्टराईले गरेका छन र चलचित्र को निर्माण भुवन केसीले गरेका छन।

गित तल हेर्नुहोस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com