चालु आर्थिक वर्षको छ महिनामा ४ दशमलव ६ प्रतिशतले मूल्य वृद्धि


प्रकाशित मिति : फाल्गुन ४, २०७५ शनिबार

चालु आर्थिक वर्षको छ महिनामा मूल्य वृद्धि ४ दशमलव ६ प्रतिशतले भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख भए अनुसार पुष मसान्त सम्ममा मूल्य वृद्धि गत वर्षको तुलनामा शुन्य दशमलव ६ प्रतिशत बढीले वृद्धि भएको छ ।

पुष मसान्त सम्ममा काठमाडौं उपत्यकामा सबैभन्दा बढी मूल्य वृद्धि भएको छ । काठमाडौंमा ५ दशमलव २ प्रतिशत, पहाडी भेगमा ४ दशमलव ९ प्रतिशत, हिमालमा ४ दशमलव ५ प्रतिशत र तराईमा ४ प्रतिशत मूल्य वृद्धि भएको छ । यस बाहेक पनि थोक बजारमा पुष महिनामा वार्षिक बिन्दुगत मूल्य बृद्धि ६ प्रतिशत देखिएको छ ।

यो अवधिमा अमेरिकी डलरसँग नेपाली मूद्रा २ दशमलव ८ प्रतिशतले अवमूल्यन हुँदा समेत मूल्य वृद्धि उच्च भएको हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com