इलिनोयमा गोली चल्यो, प्रहरी समेत घाइते


प्रकाशित मिति : फाल्गुन ३, २०७५ शुक्रबार

अमेरिकाको इलिनोयमा गोली चलेको छ । इलिनोयको अरोरामा बन्दुकधारीले गोली चलाउँदा प्रहरी समेत घाइते भएका छन् ।

घटनामा कैयन प्रहरी र सर्वसाधारण घाइते भएको खबर छ । तर क्षतिको पूर्ण विवरण आएको छैन ।

घटनास्थल शिकागो नजिक रहेको जनाईएको छ । बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com