हिरो महिला गोल्डकप : आज फाईनल , के नेपालले उपाधि उचाल्ला


प्रकाशित मिति : फाल्गुन ३, २०७५ शुक्रबार

हिरो महिला गोल्डकप फुटबलको उपाधिका लागि नेपालले आज राति म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । भारतको भुवनेश्वरस्थित कालिंगाा रंगशालामा उपाधिका लागि नेपाल र म्यानमारबीच फाइनलमा प्रतिस्पर्धा हुन लागेको हो । खेल नेपाली समयानुसार बेलुकी ६ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

लिग राउण्डमा नेपालले पहिलो खेलमा म्यानमारसँग ३–० गोलको हार ब्यहोरेको थियो । त्यसकारण म्यानमारलाई फाइनलमा पराजित गर्दै नेपाल हिरो महिला गोल्डकपको उपाधि उचाल्ने लक्ष्यमा रहेको छ ।

नेपालले आफ्नो दोस्रो खेलमा भने आयोजक भारतलाई २–१ गोलान्तरले पराजित गरेको थियो । आफ्नो तेस्रो खेलमा इरानलाई नेपालले ३–० गोलान्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

यता, म्यानमारले भने आफ्नो दोस्रो खेलमा इरानलाई २–० ले र तेस्रो खेलमा भारतलाई २–० गोलले नै पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com