हिरो महिला गोल्डकप : आज फाईनल , के नेपालले उपाधि उचाल्ला
प्रकाशित मिति : फाल्गुन ३, २०७५ शुक्रबार
हिरो महिला गोल्डकप फुटबलको उपाधिका लागि नेपालले आज राति म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । भारतको भुवनेश्वरस्थित कालिंगाा रंगशालामा उपाधिका लागि नेपाल र म्यानमारबीच फाइनलमा प्रतिस्पर्धा हुन लागेको हो । खेल नेपाली समयानुसार बेलुकी ६ बजेर १५ मिनेटमा सुरु हुनेछ ।
लिग राउण्डमा नेपालले पहिलो खेलमा म्यानमारसँग ३–० गोलको हार ब्यहोरेको थियो । त्यसकारण म्यानमारलाई फाइनलमा पराजित गर्दै नेपाल हिरो महिला गोल्डकपको उपाधि उचाल्ने लक्ष्यमा रहेको छ ।
नेपालले आफ्नो दोस्रो खेलमा भने आयोजक भारतलाई २–१ गोलान्तरले पराजित गरेको थियो । आफ्नो तेस्रो खेलमा इरानलाई नेपालले ३–० गोलान्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
यता, म्यानमारले भने आफ्नो दोस्रो खेलमा इरानलाई २–० ले र तेस्रो खेलमा भारतलाई २–० गोलले नै पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।






