जातीय आधारमा सांसदबीच नै विभेद


प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार

देशका कानुन निर्माता सांसदले ने आफूहरुमाथि विभेद भएको गुनासो गरेका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसद खिमकुमार बिकले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदबीच असमान व्यवहार भइरहेको गुनासो पोखेका हुन् ।

‘हाम्रो संविधानको धारा ८३ ले दुई सदनको व्यवस्था गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा सञ्चालनमा पन िछन्,’ उनले शून्य समयमा भने, ‘तर प्रत्यक्ष निर्वाचित सांसद पहिलो र समानु्पातिक दोस्रो र हामी राष्ट्रियसभाको तेस्रो श्रेणीका भएका छौँ ।’ उनले स्थानीय पूर्वाधार साझेदार कार्यक्रम निर्देशिकाले सांसदबीच विभेद गरेको दाबी गरे । ‘यसले सांसदबीत नै विभेद गरेको छ, त्यो सच्याउन माग गर्छु,’ उनले भने । यो समाचार अन्नपूर्णमा प्रकाशित छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com