सामाजिक सञ्जाल फेसबुक, ट्विटर, भाइबर, इन्स्ट्राग्राम लगायतलाई नियमन गर्न सरकारले कडा कानुन प्रस्ताव गरेको छ। यसअघि सामाजिक सञ्जाल नियमन गर्ने काुनन नहुँदा जथाभाबी लेख्नेलाई प्रहरीले विद्युतीय कारोबार ऐनअनुसार कारबाही चलाउँदै आएको थियो।
सरकारले बुधबार संसद् सचिवालयमा ल्याएको सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न नयाँ विधेयक बनेको छ । विधेयकमा सामाजिक सञ्जालमा जथाभावी लेखेमा कडा कारबाही गर्ने भएको छ ।
विधेयकमा सामाजिक सञ्जालमा जथाभाबी लेख्नेलाई १५ लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षसम्म जेल सजाय हुने कानुन प्रस्ताव गरिएको छ। विद्युतीय कारोबार ऐनलाई खारेज गरी यो कानुन ल्याउन लागिएको हो।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।