घरमै बसेर खुला विश्वविद्यालकाे उच्च शिक्षा पढ्न मिल्ने


प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहिबार

यो नेपाल खुला विश्वविद्यालय (एनओयू) को शिक्षा पद्दती हो । करिब एक वर्षदेखि यो विश्वविद्यालयमा पठनपाठन भइरहेको छ । सरकारले २०७३ जेठमा प्राध्यापक लेखनाथ शर्मालाई उपकुलपति नियुक्त गरेपछि भौतिक, शैक्षिक, प्राविधिक पूर्वाधार तयार पारेर पठनपाठन सुरु गरिएको हो।

सरकारले २०७२ मा नेपाल खुला विश्वविद्यालय ऐन जारी गरेर विश्वविद्यालय स्थापनाको बाटो खोलेको थियो।

जगतबहादुर आलेमगरले अंग्रेजी विषयमा एमएड पास गरेका छन् । पाँच वर्षअघि आयोग पास गरेर स्थायी शिक्षक बनेका छन्। यो विश्वविद्यालय सञ्चालनमा आएपछि पहिलो ब्याचका विद्यार्थी हुन् । उनीजस्तै ६ सय ३१ विद्यार्थी एनओयूमा भर्ना भएर पोस्ट ग्रयाजुएट डिप्लोमा, मास्टर्स र एमफिलका कोर्स भर्चुअल कक्षामार्फत पढ्दै छन्।

उपकुलपति शर्माका अनुसार पहिलो सेमेस्टरमा भर्ना भएका ६ जनाले बीचैमा पढाइ छाडेका छन्। यी संकायअन्तर्गत १५ वटा कार्यक्रम सञ्चालन गरिएको छ । एकवर्षे कोर्सअन्तर्गत डिप्लोमा इन लाइब्रेरी इन्फर्मेसन म्यानेजमेन्ट र पीजीडी इन ई–लर्निङ छन् । सामाजिक संकायमा डेढवर्षे एमफिलअन्तर्गत अर्थशास्त्र, राजनीतिशास्त्र र समाजशास्त्र छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शिक्षाशास्त्र संकायअन्तर्गत एमफिलमा नेपाली, अंग्रेजी, गणित, शिक्षा, स्वास्थ्य र समाज विज्ञान छन् । दुईवर्षे कोर्समा मास्टर्स इन ई–गभर्नेन्स पढाइ भएको छ भने डेढवर्षे एमफिल इन आईसीटी पढाइन्छ ।

हरेक आइतबार, सोमबार र मंगलबार साँझ ६ बजेदेखि ९ बजेसम्म अनलाइनमार्फत् पढाइ हुन्छ । ल्यापटप, डेस्कटप कम्प्युटर वा एन्ड्रोइड मोबाइलमा विश्वविद्यालयबाट कक्षा सञ्चालन गर्न एलएमएस (लर्निङ म्यानेजमेन्ट सिस्टम) र ‘मुडल एप’ जोडिएको छ।

प्रत्येक विद्यार्थीको आफ्नै आईडी र पासवर्ड हालेपछि मुडलमा पाँच विषयको सिलेबल्स र कोर्सहरू खुल्छन् । विश्वविद्यालयले उपलब्ध गराएको आईडीमार्फत विद्यार्थी जहाँसुकै बसेर पनि तोकिएको समयभित्र कक्षामा उपस्थित हुन सक्छ।यो समाचार आजको कान्तिपुर दैनिकमा छ

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com