नेपाली लाइसेन्स लिएका चालकले एक सय ३५ देशमा सवारी चलाउन पाउँने…


प्रकाशित मिति : फाल्गुन १, २०७५ बुधबार

नेपालको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेका सेवाग्राहीले विदेशमा पनि सवारीसाधन चलाउन पाउने भएका छन्। यातायात व्यवस्था विभागले नेपाली लाइसेन्स धारकलाई अन्तर्राष्ट्रियस्तरमा सवारी चलाउन पाउने का नुनी व्यवस्था गर्न लागेको हो।सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ नयाँ बनाउने तयारीमा विभाग छ। २६ वर्ष पुरानो ऐनलाई संघीय संरचनाअनुसार बनाउन लागिएको हो। मुलुक संघीय व्यवस्थामा सञ्चालन भएसँग विभागको मातहत रहेको धेरै अधिकार प्रदेश मा समाहित भएको छ।

यातायात व्यवस्था विभाग भने संघीय सरकारको मातहतमा सञ्चालन हुनेछ। नयाँ बन्ने ऐनमा नेपाल लाइसेन्स धारकले विदेशमा पनि गाडी चलाउने पाउने व्यवस्था राख्न खोजेको विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए।‘नेपाली लाइसेन्स अ न्तर्राष्ट्रियस्तरमा मान्य हुँदैन। विदेशमा सवारीसाधन चलाउन त्यहीँको लाइसेन्स आवश्यक पर्छ। सवारी चलाउन योग्य हुँदा पनि अन्तर्राष्ट्रिय मान्यता प्राप्त लाइसेन्स नभएका कारण सेवाग्राही सुविधा पाउनबाट बञ्चित छन्।’ अब बन्ने नयाँ ऐनले विदेश सवारीसाधन चला उन चाहाने नेपाली लाइसेन्स धारकलाई सहज हुने उनले बताए।

विदेशमा गाडी चलाउन इच्छुक सेवाग्राहीका लागि अन्तर्राष्ट्रिय ड्राइभिङ पर्मिट (आईडीपी) जारी गर्न लागिएको हो। आईडीपी लाइसेन्स नभई सवारी चलाउने इजाजतपत्र मात्र हो। हालसम्म नेपालबाट आईडीपी जारी हुने गरेका छैन। तर आईडीपी धारकले नेपालमा भने सवारी चलाउन पाउँछन्। आईडीपी हासिल गरेका व्यक्तिले विश्वका विभिन्न एक सय ३५ देशमा सवारी चलाउन पाउँछन्। हालसम्म विश्वका एक सय ११ मुलुकले आईडीपी इजाजतपत्र जारी गर्दै आएका छन्।आईडीपीसम्बन्धी कानुन मात्र निर्माण गरेर अन्तर्राष्ट्रि यस्तरमा नेपाली लाइसेन्स धारकले सवारी चलाउन योग्य हुने छैन।

यसका लागि नेपालले गभर्नमेन्ट टू गभर्नमेन्ट (जीटूजी) सम्झौता गर्नुपर्ने हुन्छ। विश्वमा एक सय ९५ मुलुक छन्। ती सबैसँग जीटूजी सम्झौता गर्न पनि सम्भव छैन। नेपाल संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र (यूएन) हो। यूएनको जेनेभा अभिसन्धी १९४९ र भियना अभि सन्धी १९६८ मा सडक ट्राफिक र सवारी साधन, सवारी चालक अनुमतीपत्रसँगै आईडीपीसम्बन्धी व्याख्या गरिएको छ।यी दुईमध्ये एउटा अभिसन्धी पास गरे एक सय ३५ मुलुकमा नेपाली लाइसेन्स धारकले आईडीपी लिएर सवारी चलाउन पाउने यातायात इन्जिनियर आशीष गजुरेल बताउँछन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर, आईडीपी लिएका चालकले व्यावसायिक प्रयोजनका सवारीसाधन भने चलाउन पाउँदैन। यो निजी सवारीसाधन चलाउने प्रयोगका लागि मात्र जारी हुन्छ। यसले अध्ययन, व्यापार, भ्रमण भिसामा विदेश जानेका लागि उपयुक्त हुन्छ। आईडीपीको म्याद एक वर्ष सम्म हुन्छ। एउटा देशका लागि लिइएको आईडीपी अन्य मान्य हुँदैन। आईडीपी लिने व्यक्तिले आफू जान लागेको देशको सम्बन्धित कागजात, नेपाली लाइसेन्स बुझाएर ट्राफिक नियमबारे तालिम लिनुपर्छ।विश्वका ८० प्रतिशतभन्दा धेरै मुलुकमा यातायातसम्बन्धी काम गर्ने संस्थाले आईडीपी जारी गर्ने गरेको गजुरेलले जानकारी दिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com