अब कसैले भोकले मर्नु पर्दैन : प्रधानमन्त्री ओलि
प्रकाशित मिति : फाल्गुन १, २०७५ बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोही नेपाली भोकै बस्नु नपर्ने र कोही नेपाली भोकले मर्नु नपर्ने बताएका छन् ।‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा सभामा बोल्दै प्रधानमन्त्री अोलीले यो एउटा नयाँ प्रयास भएको र रोजगार चाहनेहरुलाई व्यवस्थित गर्ने तर्फ सरकार लागेको बताए ।
नेपालका समस्याहरु मध्ये बेरोजगारी एक ठूलो समस्या रहेको बताउँदै अब गरिब देशको पहिचानलाई समृद्ध देशमा, अल्पविकशित देश भन्नेलाई विकशित देशको रुपमा चिनाउने तर्फ सरकार लागेको उनले दावी गरे ।
कुन व्यक्ति कुन ठाउँमा आवश्यक छ त्यस अनुसारको आपूर्ति गर्ने र रोजगारीका अभावलाई व्यवस्थित ढंगले समाधान गर्ने बाटोमा यो एउटा ऐतिहासिक कदम भएको प्रधानमन्त्रीले बताए ।
त्यस्तै प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई भाड्ने खेल भैरहेको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले बढी कुरा गरेर एक अर्काबीच भाड्नको लागि नेकपा भित्रै चलखेल भैरहेको दाबी गरेका छन् । तर त्यो सफल नहुने प्रधानमन्त्री ओलीको दाबी गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकार गठनको एक वर्ष पूरा भएको देखेर नौ महिना पनि टिक्दैन भन्नेहरुलाई अचम्म लागेको बताए । उनले भने ‘एक वर्ष हुन लागिसक्यो सरकार गठन भएको, यो नेपालको लागि अचम्मको कुरा हो । स्थिर र बहुमतसहितको सरकार अब पाँच आरामसँग जान्छ ।’






