इरानविरुद्ध नेपालको शानदार जित , फाइनल पुग्ने संभावना बलियो


प्रकाशित मिति : फाल्गुन १, २०७५ बुधबार

हिरो महिला गोल्डकप फुटबलमा नेपालले इरानलाई पराजित गर्दै फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ । भारतको भुवनेश्वरस्थित कालिंगाा रंगशालामा भएको राउण्ड रोविनको आफ्नो अन्तिम खेलमा नेपालले इरानलाई ३–० गोलान्तरले पराजित गरेको हो । पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा दुई गोल गर्दै जित सुनिश्चित गरेको हो

नेपालको प्रभावशाली जितमा पहिलो गोल खेलको ४१ औं मिनेटमा अनिता बस्नेतले गरिन् । नेपालको जितमा थप दुई गोल स्ट्राइकर साबित्रा भण्डारीले गरिन् । उनले खेलको दोस्रो हाफमा दुवै गोल गरिन् ।खेलको ५९ औँ र ८९ औं मिनेटमा साबित्राले गोल गर्न सफल भैइन् ।

हिरो कपमा साबित्राले चार गोल गरिसकेकी छन् । सावित्राले बलियो प्रतिद्वन्द्वी भारतविरुद्ध पनि दुई गोल गरेकी थीइन् ।

आफ्नो पहिलो खेलमा नेपाल म्यानमारसँग पराजित भएको थियो । नेपालले त्यसयताका दुवै खेलमा जित निकालेको छ। लगातार दुई खेलमा नतिजा आफ्नो पक्षमा पार्न सफल भएकाले नेपालले फाइनलको सम्भावना बलियो बनाएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालले अब फाइनलका लागि स्थान पक्का गर्न आजै (बुधबार) हुने म्यानमार र आयोजक भारतबीचको खेलको नतिजा कुर्नुपर्ने भएको छ । भारत र म्यानमारबीचको खेल पनि बुधबार नै राति ७ बजेर १५ मिनेटमा सुरु हुदैछ ।

भारत पराजित भएमा वा बराबरीमा रोकिएमा नेपाल फाइनलमा प्रवेश गर्नेछ । तर भारतले म्यानमारलाई फराकिलो गोलले पराजित गरे गोल फरकको आधारमा फाइनल प्रवेश गर्ने टिमको टुंगो लाग्नेछ ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com