दुई हिरोइनले सार्वजनिक गरे निश्चलको ‘फर्गो’


प्रकाशित मिति : फाल्गुन १, २०७५ बुधबार

युवा लेखक निश्चल मल्लले अंग्रेजी भाषामा लेखेको उपन्यास ‘फर्गो’ सार्वजनिक भएको छ । मंगलबार अभिनेत्रीहरु ऋचा शर्मा, सुरक्षा पन्त, लेखक सुविन भट्टराई र इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले पुस्तक संयुक्त रुपमा सार्वजनिक गरे ।

पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै ऋचाले लेख्ने मान्छेप्रति आफ्नो मनमा श्रद्धा रहेको बताउँदै कम उमेरमै स्तरीय किताब निकालेकोमा लेखक मल्ललाई बधाइदिएकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘उन्नाइस बीस वर्षकै उमेरमा यत्तिको किताब लेख्नु साँच्चिकै प्रशंसनीय काम हो । तर, उमेर कम भए पनि किताबमा मैले परिपक्वता देखें,’ उनले भनिन्, ‘यथार्थ र कल्पनाशीलतालाई लेखक मल्लले मज्जाले प्रस्तुत गरेका छन् । यसको भाषा मलाई मन परेको अर्को पक्ष हो । पुस्तक पढिरहँदा मलाई धेरै ठाउँ सेक्सपियरको साहित्य पढेको आभाष भयो । उहाँको भाषामा गज्जबको लालित्य छ ।’ पुस्तक एकै बसाइमा पढेको जानकारी गराउँदै उनले मल्लले आगामी दिन उच्चकोटिको पुस्तक नेपाली साहित्यलाई दिन सक्ने जानकारी गराइन् ।

ऋचाको भनाइसँग सहमत हुँदै अर्की अभिनेत्री सुरक्षा पन्तले पनि सानो उमेरमै पुस्तक लेख्ने निश्चलको हिम्मतको प्रशंसा गरिन् । ‘लेख्ने मान्छे मलाई विशेष लाग्छन् । अझ यति सानो उमेरमै लेख्ने त झनै विशेष लाग्छन् । यो हिसाबमा निश्चलले मलाई प्रभावित गरेका छन् । पुस्तक आकर्षक लागेको छ । भ्यालेन्टाइन मुखमा छ । आफ्नो डेटलाई दिन यो उत्तम गिफ्ट हुनेछ ।’ लेखक सुविन भट्टराईले निश्चललाई देखेर आफ्ना पुराना दिन याद आएको भन्दै उनलाई अभिभावकको खाँचो नहोस् भन्नलाई कार्यक्रममा आएको बताए ।

‘व्यस्तताका कारण पुस्तक पढ्न पाइँन, त्यसैले पुस्तकको गुण दोषको बारेमा म बोल्दिन । पहिलो किताब हरेक लेखकको स्पेसल हुन्छ । निश्चलका लागि पनि यो किताब स्पेसल बनोस्, शुभकामन ादिन चाहान्छु । पुस्तकले राम्रो नराम्रो जेसुकै प्रतिक्रिया प्राप्त गरोस् लेख्न नछोडने सल्लाह पनि दिन चाहान्छु ।’

लेखक निश्चल मल्लले पुस्तक रोमान्स र रहस्यको सम्मिश्रण भएको बताउँदै उनले पुस्तकले नयाँ पुस्ताको प्रेम प्रतिको सोचलाई प्रस्तुत गर्ने बताए । उनले भने, ‘पुस्तकले यथार्थभन्दा पर गएर कल्पनामा आफूले सोचे जस्तो जीवन सिर्जना गर्ने युवाको कथा पेश गरेको छ । जीवन र प्रेमलाई लिएर युवाले खेप्ने दुविधा पनि पुस्तकमा अटाएको छ । पुस्तक पढिरहँदा नयाँ पुस्ताले पक्कै आफूलाई उपन्यासमा पाउनुहुन्छ।’

एक सयचार पेजको पुस्तकलाई बुक हिलले प्रकाशन गरेको हो । लेखक निश्चलको यो पहिलो पुस्तक हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com