न्युयोर्कको रिजउडमा इन्दिरा पुडासैनी साढे २ बर्षदेखि अस्पतालको बेडमा, सहयोगको अपिल


प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार

न्युयोर्कको रिजउड निवासी इन्दिरा पुडासैनी झण्डै साढे २ बर्षदेखि बिरामी भएपछि रिजउड नेपाली समाजले सहयोगका जुटाउन अभियान सुरु गरेको छ । ४ बर्षको छोरीकी आमा पुडासैनीको साढे दुईबर्षदेखि किमोथेरापी लगायत विभिन्न प्रकारको उपचार भइरहेको छ ।

पुडासैनीको अवस्थाको दिनदिनै खराब बन्दै गएको र उपचारका लागि सहयोग जरुरत भएको रिजउड नेपाली समाजले जनाएको छ । पुडासैनीका श्रीमान् कैयन हप्तादेखि बिरामी श्रीमतिको रेखदेखमा लाग्नु परेकाले उपचारका लागि आर्थिक सहयोग जुटाउनु परेको हो ।

रिजउड नेपाली समाजका तर्फबाट ५० हजार अमेरिकी डलरको लक्ष्यसहित सुरु गरिएको आर्थिक संकलन अभियानमा यो समाचार तयार पार्दासम्म ४८ सय डलर संकलन भइसकेको छ ।

गोफण्डमीमा संचालन गरिएको उक्त अभियानका तपाईपनि साथ दिन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com