कारबाट तानेर युवतीलाई १० जनाले गरे सामूहिक बलात्कार
प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार
हाम्रो छिमेकी राष्ट्र भारतमा पनि बलात्कार जस्ता जघन्य अपराधको घटनाहरु बारम्बार आइरहेका छन् । गत सोमबार चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक ४० वर्षीय एक शौचालयका कर्मचारीलाई दिल्ली प्रहरीले पक्राउ गरेको थियो । ती कर्मचारीले चार वर्षीया अबोध बालिकालाई जबरजस्ती करणी गर्नुका साथै शरीरभरी निलडाम बस्नेगरी टोकेका पनि थिए ।
यो घटनाको छानविन गरिरहेका प्रहरी अधिक्षक तरुण रतनले बताए अनुसार ती युवती आफ्नो साथिसँग कारमा लुधियानाबाट इसावल गइरहेकी थिइन् । यसैबीच तीन वटा बाइकमा सवार ब्यक्तिहरुले पछ्याउँदै जगरावं पुगेपछि रोके । साथै ती कारमाथि उनीहरुले ढुङ्गा र इँटाहरुले प्रहारसमेत गरेका थिए । त्यसपछि ती युवतीलाई कुछपिट गर्दै कारबाट तानेर बाहिर निकाले । साथै सुनसान ठाउँमा लगेर १० जनाले सामूहिक बलात्कार गरे ।
दुई दिनसम्म बन्दक बनाएर राखे
ती युवतीले उजुरीमा जनाए अनुसार उनलाई दुई दिनसम्म बन्दक बनाएर राखेका थिए । साथै अन्य ६–७ जना अन्य उनका साथिहरुलाई पनि बोलाएर बलात्कार गर्न गलाए ती यौन पिपासु युवकले । त्यसपछि त्यस ठाउँबाट बल्लतल्ल उम्केर प्रहरीमाझ उजुरी गर्न पुगिन् ती युवती ।
यसै घटनालाई लिएर प्रहरीले उजुरी दर्ता गरेको छ । सिभिल अस्पतालको मेडिकल जाँचमा ती युवतीलाई सामूहिक बलात्कार भएको खुलासा भएको छ । प्रहरीले ती यौन पिपासुहरुको खोजी कार्य सुरु गरिसकेको जनाइएको छ ।एजेन्सी






