कठपुतली भनेकी कंगनालाई आलियाको जवाफ


प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार

हालै एक अन्तर्वातामा बलिउड अभिनेत्री कंगना रनावतले आलिया भट्टलाई करण जोहरको कठपुतली भनेकी छिन् । कंगनाको यस बयानले भारतिय मिडिया तातेको छ ।

कंगनाले आलियालाई करण जोहरको कठपुतली मात्र भनेकी छैनन् । उनले बलिउडमा आलियाको स्थान कमजोर रहको समेत बताएकी छिन् । उनले भनिन, ‘मलाई लाग्छ आलियाले महत्वपूर्ण फिल्मलाई सर्पाेट गर्न आवश्यक छ । महिला सशक्तिकरण र राष्ट्रवादमा आधारित फिल्मलाई विशेष समर्थन गर्नु जरुरी छ । यदि उनले आफ्नो आवाज उठाइनन् भने उनको अस्तित्व करण जोहरकी कठपुतली मात्र हुन्छ । यस्तो अवस्थामा म उनलाई सफल अभिनेत्री भन्न सक्दिन । मैंले उनलाई भनेको थिए यदि पैसा कमाउन मात्र फोकस गर्याै र आफ्नो आवाज उठाएनौ भने उनको सफलताको केहि महत्व छैन । आशा छ उनले सफलताको सहि अर्थ र जिम्मेदारी बुझ्योस् ।’

कंगनाले दिएको अन्तर्वार्ता पछि आलियाले पनि मिडियामा आफ्नो कुरा राखेकी छिन् । उनले भनिन, ‘कंगनाले मलाई मन पराउदिनन् भन्ने लाग्दैन । मलाई यो पनि लाग्दैन की मैंले जानी जानी उनलाई दुःखी बनाए । यदि मैंलै केहि गलती गरेको छु भने कंगनासँग व्यक्तिगत रुपमा माफि माग्छु । कंगना आफ्नो कुरा मिडियामा खुलेर राख्छिन् त्यो कुराको निकै सम्मान गर्छु । म कुनै पनि विवादको बारेमा जानकार थिइन । म सुटिङमा व्यस्थ थिए ।’

कंगनाको ‘मणिकर्णिकाः द क्विन अफ झाँसी’ रिलिज पछि बलिउडकर्मीको साथ नपाएपछि उनी भड्किएकी हुन् । कंगनाले आलियाको ‘राजी’ रिलिज भएको बेला खुलेर तारिफ गरेको बताएकी थिइन । साथै उनले मणिकर्णिका रिलिज पछि आलियाको कुनै प्रतिक्रिया नआउँदा दुःख व्यक्त गरेकी थिइन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com