अन्य दुलाहा बाहुन र नेवार, दुलही दलित


प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार

अन्तरजातीय त्यसमा पनि दलितसँग बाहुन र नेवार दुलाहा भन्दा अचम्म लाग्ला । तर, वराहक्षेत्रको चतरास्थित पुनर्वासमा आइतबार यस्तै उदाहरणीय विहे भएको छ ।  जातीय छुवाछुत र भेदभावले ग्रसित नेपाली समाजमा बाहुन र नेवार दुलाहाले दलित युवतीलाई एकै मण्डपमा विहे गर्र्दै उदाहरण पेश गरेका हुन् ।

वराहक्षेत्रको चक्रघट्टीमा मोहन शर्मा र सुजिप श्रेष्ठले एकै घरको दिदीबहिनीसँग विहे गरेका हुन् । मोहनले माइली बहिनी रञ्जनासँग विहे गर्दा सुजीपले जेठी बहिनी सृजना बराइलीसँग लगनगाँठो कसे । सिर्जना र सुजीपबीच स्कुल पढ्दैदेखि मायाप्रेम झाँगिएपछि उनीहरूले यसअघि नै विहे गरेको बुबा बलबहादुर बराइलीले बताए ।

तर, औपचारिक रूपमा भने आइतबार मात्रै विहे भएको छ । यता रञ्जनाले फेसबुकमार्फत् मोहनसँग चिनजान भएपछि दुवैले विहे गर्ने निधो गरेको बुबा बलबहादुर बताउँछन् । अमेरिकाको पेन्सलियामा बस्दै आएका मोहनले एकै मण्डपमा विहे गर्नेबारे आफ्ना साढुदाइ सुजीपसँग सल्लाह गरे । सोहीअनुरूप उनी दुई दिनअघि मात्रै अमेरिकाबाट आइपुगेका हुन् ।

झापा बिर्तामोड निवासी मोहन जन्ती लिएर आइपुगे । यता सुजीप पनि जन्ती लिएर एकसाथ भेला भए । सुजीपका अनुसार आमाबुबा विहेको लागि पहिले नै राजी भए पनि समाजको डरले चुप भए पनि अहिले आएर विहे गर्दा फरक अनुभव भयो । अमेरिकामा बसेका मोहनलाई भने त्यस्तो अवरोध नआएको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरूले मण्डपमा साथ जिउने मर्न कसम खादै सात फेरा लगाए । अनौठो संयोग भनौ, दश वर्ष अगाडि सुजीप र मोहन पत्रमित्रताबाट चिनजान भएका थिए । उनै सुजीप र मोहन अहिले साढुदाइ–साढुभाइ बनेका छन् ।

पण्डित ओमजीत गजमेरलाई सघाउँदै भेटिएका दलित सेवा सङ्घ वराहक्षेत्रका अध्यक्ष लंकमान विकले समाजमा कुरीति हटाउन यस्ता विहे उदारहणीय बनेको बताए । २१ औं शताब्दीमा यस्ता कुरीति चीर्नु आवश्यक रहेको बेहुलाद्वयले बताए ।

‘समाजमा मर्दा पर्दा सारोगाहे पर्दा मान्छे नै चाहिन्छ जात त चााहिदैन् । अनि किन यस्तो विभेद ? हामी यस्ता कुरिती लाई चुनौती दिन नै विावह गरेका हौं ।’ बेहुलाद्वयले भने ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com