नेपालगञ्ज महोत्सवमा युवा स्टार अनमोलको सेल्फी


प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार

युवा स्टार अनमोल केसी यतिबेला फागुन १७ गतेदेखि प्रदर्शनमा आउने आफ्नो फिल्म ‘क्याप्टेन’ को प्रचार प्रसारमा व्यस्तत छन् । क्याप्टेन प्रचारका लागी अनमोल आइतबार नेपालगन्ज पुगेका थिए । जहाँ हजारौं दर्शकमाझ उनले आफ्नो फिल्मको प्रचार गरे ।

नेपालगन्जमा आयोजीत प्रथम प्रादेशीक औद्योगिक लघु, घरेलु तथा कृर्षि, प्रविधि, व्यापार एंव पर्यटक महोत्सव २०७५ खजुराका दर्शकमाझ अनमोल सहित क्याप्टेन निर्माण टिम पुगेको थियो । अनमोललाई नेपाल प्रहरी, सशत्र प्रहरी र रक्षक सेकुरेटी गार्ड कम्पनीका गार्डहरुको सुरक्षा व्यावस्थाका साथ अनमोललाई मञ्चमा उकालिएको थियो । महोत्सवमा अनमोल जाने मिति तय भएसँगै दर्शकले उनलाई महोत्सव स्थलमा लामो समयदेखि पर्खेर बसेका थिए । लामो प्रतिक्षा पश्चात अनमोललाई मञ्चमा पाएसँगै दर्शकले ताली, हुटिङले पुरै खजुराको माहोल तातेको थियो ।

महोत्सवको मञ्चमा अनमोल र दर्शबिच क्याप्टेनका विषयमा सवाल जवाफ समेत भएको थियो । यो सँगै दर्शकमाझ उनले क्याप्टेनको हिट गीत रहर छ सँगै बोलको गीतमा डान्सका केही स्टेप देखाएका थिए भने कृ को यति यति पानी गीत गाएका थिए । पहिलो पटक नेपालगन्ज पुगेका अनमोल दर्शकमाझ निकै छाए ।

उक्त महोत्सव समारोहमा सोमबार सदावहार अभिनेता भुवन केसी र अभिनेत्री निरुता सिंह सहभागी हुनेछन् । उनीहरुले पनि क्याप्टेन को प्रचार गर्नेछन् । भुवन, निरुता र अनमोल नाचेको गीत यसै साता रिलिज हुँदैछ । दिवाकर भट्टराई निर्देशित फिल्म ‘क्याप्टेन’ फुटबल खेल सम्बन्धी हो

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com