रामेछापबाट रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक युवकको निधन भएको छ । रामेछापको रिष्ठेका ३६ वर्षीय बिपिन गौतमको निधन भएको परिवारले जनाएको छ ।
रोजगारीको सिलसिलामा मलेसिया पुगेका ५ वर्ष लाग्दै गर्दा उनको लोहोरिको ठक्कर बाट मृत्यु भएको हो।स्थानीय समय अनुसार बिहानको ७:३० बजे डिउटी सकेर होस्टेल फर्कने क्रममा बाटो क्रस गर्दा लहरिको ठक्करबाट घटनास्थलमै मृत्यु भएको परिवारबाट जानकारी भएको छ।
परिवारको लालनपालनको लागि वैदेशिक रोजगारीमा गएका उनको आफ्नो छोरा छोरीलाई पनि भेट्न नपाई परदेशमै निधन भएको हो । उनको अशक्त आमा,बाबा र पत्नी संगै १ छोरा र २ छोरी छन्।उनको शव नेपाल आउन समय लाग्ने जानकारी प्राप्त भएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।