पछिल्लो महिना अमेरिकाको भिजिटर भिसा पाउने नेपाली यो आर्थिक बर्षकै बढी


प्रकाशित मिति : माघ २८, २०७५ सोमबार

अमेरिकी सरकारको विदेश मन्त्रालय अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सले आर्थिक बर्ष २०१९ को पहिलो तीनमहिनामा अमेरिकाको भिजिटर भिसा पाउने नेपालीहरुको विवरण सार्वजनिक गरेको छ । अमेरिकाको आर्थिक बर्ष २०१९ को सुरुवात सन् २०१८ को अक्टोबर १ बाट हुने गर्छ । अमेरिकी सरकारले सन् २०१८ को अक्टोबर, नोभेम्बर र डिसेम्बरमा भिसा पाउने नेपालीको संख्या सार्वजनिक गरेको हो ।

डिसेम्बरमा ११७२ जना नेपालीहरुले अमेरिकाको बिजनेश र भिजिटर अर्थात् बी भिसा पाएका छन् । जुन नोभेम्बर महिनाको तुलनामा बढी हो । गत नोभेम्बरमा १०७६ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका थिए भने अक्टोबरमा १११६ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका थिए ।

यसरी अमेरिकाको भिजिटर भिसा पाउने नेपालीहरु विश्वभरका अमेरिकी दूतावासहरुमा भिसा आवेदन गर्नेहरु हुन् । काठमाडौंमा रहेको अमेरिकी दूतावासले भने अक्टोबरमा ८८० जनालाई भिजिटर भिसा जारी गरेको थियो । त्यस्तै नोभेम्बरमा काठमाडौंमा रहेको अमेरिकी दूतावासले ९०८ जनालाई भिजिटर भिसा प्रदान गरेको अमेरिकी सरकारको विदेशमन्त्रालय अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । डिसेम्बरमा भने काठमाडौंमा रहेको अमेरिकी दूतावासले ९९९ जनालाई भिजिटर भिसा जारी गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com