फिल्म ’रुमालै छ चिनो’ को ’आमा नबस्नु पर्खेर’ बोलको नयाँ गित सार्वजनिक भएको छ । लोक शैलीको यस गितमा संचिता लुईंटेल, किशोर खतिवडा र शुशान्त कार्की लाई देख्न सकिन्छ । गीतमा सिपाहीले घर परिवारलाई सम्झिदाको पिडा देखाउन खोजिएको छ ।
नेपाली लाउरेहरुको कथा बोल्ने यस फिल्ममा नायक सुशान्त कार्की इण्डियन लाउरेको भूमिकामा देखिएका छन् भने उनको जोडीको रुपमा नव नायिका अप्सना थापा छिन । यसभन्दा अघि यसै फिल्मको ‘ए माया’ बोलको पहिलो गित सार्वजनिक भएको थियो । कुनै बेला चर्चामा रहेको रेशम थापाको लोक गित ‘रुमालै छ चिनो’ बाट यस फिल्मको नाम राखिएको हो । जुन गीतलाई लोक शैलीमा निर्माण गरिएको थियो ।
फिल्मको कथा वस्तु सबै रेशम थापाले नै लेखेका हुन् भने फिल्ममा किशोर खतिवडा, संचिता लुइँटेल, सुशान्त कार्की, अफ्शाना थापा, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्षमण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्का, अमृता पाण्डे, शान्ति श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । ज्वती फिल्मसको ब्यानरमा बनेको यस फिल्मलाई चन्द्र ब. खड्का, दिपक ढकाल र राम पाण्डेले संयुक्त रुपमा लगानी गरेका छन् । यस फिल्मलाई निर्देशन दिनेश सिंह ठकुरी गरेका हुन् । फिल्म फागुन १० देखि प्रदशनमा आउँदैछ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।