शाहरुखले किन हेरेनन् आफ्नै डेब्यु फिल्म !


प्रकाशित मिति : माघ २८, २०७५ सोमबार

बलिउड अभिनेता शाहरुख खानले हालै एक अन्तर्वातामा आफ्नो डेब्यु फिल्म नहेरेको बताए । उनले ‘दीवाना’ फिल्मबाट डेब्यु गरेका थिए । यो फिल्म बक्स अफिसमा सफल हुनुका साथै दर्शकले पनि निकै रुचाएका थिए ।

शाहरुखले भने, ‘फिल्ममा काम गर्दा मज्जा आएन भने आफ्नो कुनै पनि फिल्म हेर्दिंन । चाहे त्यो हिट फिल्म होस् या दर्शकको मन जितेको फिल्म होस् । यदि मलाई सुटिङ गर्दा मज्जा लागेन भने त्यो फिल्म कहिलै हेर्दिंन ।’

यो फिल्म नहेर्नुको कारण खुलाउदै भने, ‘फिल्म दीवाना बन्दा मैंले मज्जा लिइन त्यसैले आजसम्म पनि फिल्म हेर्ने इच्छा लागेको छैन । म फिल्ममा निकै मेहेनत गर्छु र फिल्म सुटको मज्जा लिन चाहन्छु ।’

शाहरुख खानको जिरो फिल्म बक्स अफिसमा प्mलप भयो । जिरो फ्लप भएपछि उनी आप्mनो फिल्मी करियरमा निकै फोकस गरिरहेका छन् । शाहरुखले ‘डन ३’ को लागि अन्तरिक्ष यात्री राकेश शर्माको बायोपिक फिल्म छाडेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com