अष्ट्रेलियामा अब सजिलै पि आर । अग्रेजी र पढाइ कमजोर हुनेलाई फाइदा


प्रकाशित मिति : माघ २७, २०७५ आईतबार

अष्ट्रेलियामा पि आर लिएर स्थायी बसोबास गर्ने सोचमा हुनुहुन्छ भने अहिले गतिलो मौका जुरेको छ । अष्ट्रेलियन सरकारले नर्दन टेरिटोरी राज्य र भिक्टोरिया राज्यका वारनामवोल क्षेत्रमा स्थायी बसोबासका लागि मध्यमस्तरका सिप ( स्किल लेभल ३ र ४ ) भएका मानिसलाई पनि पिआर दिन लागेको छ । (छनोटमा परेका दक्ष कामको सुची हेर्न यहा थिच्नुहोस)

अष्ट्रेलियन सरकारले हालै जारी गरेको सुचनामा मध्यमसहित १ सय १७ पेशा र सिपलाई पि आर सूचिमा राखेको छ ।
सन् २०१९ जनवरी १ बाट लागू हुने गरि जारी गरिएको उक्त कार्यक्रमलाई डेजिग्नेसन एरिया माईग्रेसन एग्रिमेन्टस् (डामा ) भनिन्छ । डामा अन्तर्गत नेपालीले अष्ट्रेलियामा सबैभन्दा धेरै काम गर्ने क्षेत्र एज केयर, बारिष्टा, चालक र फ्रोक लिफ्टिङ समेत परेको छ । त्यस्तै कुक, मोटर मेकानिक, डे केयर वर्कर, व्युटि थेरापिष्ट पनि पि आर पाउने भएका छन् ।

डामा अन्तर्गत योजनामा पि आर पाउनका लागि नर्दन टेरिटोरीमा तीन वर्ष बस्नु पर्नेछ । सिड्नी, मेलवर्न जस्ता ठुला शहरमा आप्रवासीहरुको संख्या बढेसंगै सरकारले जनसंख्या कम भएको स्थानमा पि आर योजना ल्याएर व्यवस्थापन गर्दै आएको छ ।
यो योजनाले ठुला शहरमा केन्द्रित आप्रवासीहरुको भिडलाई अन्य साना शहरहरुमा व्यवस्थापन गर्न टेवा पुग्ने बताइएको छ ।

डामा योजनाले अग्रेजी कमजोर भएका र पढाइमा राम्रो गर्न नसकेका नेपालीहरुलाई निकै फाइदा पुग्ने प्रिमो एजुकेशन तथा भिसा सर्भिसेसका माइग्रेसन एजेण्ड दिनेश पराजुलीले बताउनुभयो । डामा अन्तर्गतको भिषा पाउनका लागि आवेदकले सबैभन्दा पहिला सम्बन्धित क्षेत्रको जागिर पाउनुपर्ने हुन्छ ।
तर, इ प्लानेट एजुकेसन तथा भिसा सर्भिसका माइग्रेसन एजेण्ट हिरा कडेल भने डामाबाट पि आर पाउन बाहिर हल्ला भएजस्तो सजिलो नभएको बताउनुहुन्छ । प्रत्येक पेशा र सिप अनुसार अग्रेजी भाषा, तलब र अनुभवको मापदण्ड फरक फरक भएको कडेको भनाई छ । डामा भिषामा जाने हो भने अनुभव प्राप्त रजिष्टर माइग्रेसन एजेण्डहरु संग परामर्श लिदा राम्रो हुने उहाको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नर्दन टेरिटोरी र भिक्टोरिया राज्यको वारनामवोल क्षेत्रले कामदारको अभाव झेलिरहेको छ । त्यसैले पनि डामा योजनाले त्यस भेगको जनसंख्या वृद्धीमा सहयोग पु¥याउने विश्वास लिइएको छ ।डामा कार्यक्रम नर्दन टेरिटोरीमा दोस्रो पटक लागू भएको हो । स्थानिय संचारमाध्यम एसविएससंग कुरा गर्दै अध्यागमन मन्त्री डेविड कोलम्यानले अष्ट्रेलियाको आप्रवासी नीतिले निश्चित क्षेत्रलाई कसरी फाइदा पु¥याउन सक्छ भन्ने डामा योजना गतिलो उदाहरण हुन सक्ने बताउनुभयो । राज्य, क्षेत्र र दुर्गम भेगको आवश्यकता पुरा गर्न आप्रवासी नीतिलाई अझै परिमार्जित गर्र्दै लाने सरकारको तयारी रहेको पनि उहा“को भनाई थियो । जागिरका लागि पहिलो प्राथमिकता अष्ट्रेलियन नागरिक नै भएपनि, आप्रवासीहरुको आगमनले दुर्गम भेगमा दक्ष कामदारको मागलाई पुरा गर्न मद्धत गर्ने मन्त्री कोलम्यानको भनाई छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com