सरस्वती पूजाको तयारी गरिरहेका कैलालीका एक शिक्षकको मृत्यु भएको छ । बाजुराको कुलमाण्डौँस्थायी घर भई हाल घोडाघोडी नगरपालिका–२ साढेपानीमा रहेको दशरथ माविमा कार्यरत २३ वर्षीय शिक्षक हुकुम जैसीकोे करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर विद्यार्थी सुशील बिष्ट र खम्बिर जोशी घाइते भएका छन् । घाइते विद्यार्थीको घोडाघोडी अस्पताल सुख्खडमा उपचार भइरहेको छ । सरस्वती पूजाको पूर्वतयारीका क्रममा विद्यालय हाताभित्र रहेको हरियो बाँस काटेर तान्ने क्रममा बाँसले हाइटेन्सनको नाङ्गो तारलाई छोएपछि करेन्ट लागेको थियो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।