नक्कली अध्यागमन सेवा दिने महिलालाई १५ बर्ष जेल


प्रकाशित मिति : माघ २६, २०७५ शनिबार

मन्टेबेलोकी एक महिलालाई नक्कली अध्यागमन सेवा दिएको आरोपमा १५ बर्षको जेल सजाय तोकिएको छ । उनले नक्कली अध्यागमन सेवा दिएर सेवाग्राहीबाट झण्डै ५ लाख अमेरिकी डलर लिएको जनाइएको छ । उनीबिरुद्ध क्यालिफोर्नियामा मुद्दा चलाइएको छ ।

रोमिना जाडोरियन नामकी ति महिलालाई जेल सजाय विताइरहदा ९१ जना पीडितलाई ६ लाख ६७ हजार डलर फिर्ता गर्न समेत अदालतले आदेश दिएको छ । सुरुमा उनलाई ४८ वटा अभियोग लगाइएकोमा पछि ६४ वटा अरु अभियोग थपिएको थियो । ५० जना पीडितहरुले आफू ठगिएको कुरा हटलाइनमार्फत बताएका थिए ।

ती महिलाले अध्यागमन सेवा दिनका लागि भन्दै कार्यालय नै खोलेको र भिसाको अवधि थप्ने एवं ग्रिनकार्ड तथा नागरिकता शीघ्र दिलाइदिने भन्दै प्रतिज्ञा गर्ने गरेको पीडितहरुले आरोप लगाएका छन् । उनले सरकारी अधिकारीहरुसँग आफ्नो विशेष सम्बन्ध रहेको भन्दै ग्राहकलाई काम बनाइदिने प्रतिज्ञा गर्दै आएकी थिइन् ।

आफूलाई कानुन व्यवसायी बताउँदै उनले आवश्यक नभएका कैयन फर्महरु ग्राहकलाई भर्न लगाउँदै रकम असुल्ने तथा प्रतिज्ञा गरे अनुशारको सेवा प्रदान नगरेको पीडितहरुको भनाई छ । उनीबिरुद्धका सबै अभियोग प्रमाणित भएमा उनलाई ६० बर्षसम्मको जेलसजाय हुनसक्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com