राष्ट्रपतिको चुनावका लागि एलिजावेथ वारेनको औपचारिक अभियान सुरु, हाइप्रोफाइल समर्थन


प्रकाशित मिति : माघ २६, २०७५ शनिबार

सन् २०२० को नोभेम्बर ३ मा हुने अमेरिकी राष्ट्रपतिको चुनावका लागि सिनेटर एलिजाबेथ वारेनले शनिबारदेखि औपचारिक अभियान सुरु गरेकी छिन् । वारेनले मासाचुसेट्समा एक कार्यक्रमका साथ औपचारिक रुपमा अभियानको सुरुवात गरेकी हुन् । शनिबार आयोजित कार्यक्रममा झण्डै ३५ सय जनाको सहभागिता रहेको थियो ।

उनको चुनावी अभियानलाई केही उच्च प्रोफाइल भएका राजनीतिज्ञहरुले समेत समर्थन गरेका छन् । सांसद जोसेफ केनेडी तृतीयले वारेनको उम्मेदवारीलाई समर्थन गरेका छन् । उनी अमेरिकी सिनेटर तथा पूर्व महान्यायाधिवक्ता रोबर्ट केनेडीका नाती हुन् । रोबर्ट केनेडी राष्ट्रपति जोन अफ केनेडीका भाई हुन् ।

जोसेफ केनेडीको परिवार अमेरिकामा हाइ प्रोफाइल राजनीतिक परिवारका रुपमा परिचित रहेको छ । उनका जिजु हजुरबा जोसेफ पेट्रीक केनेडी पनि बेलायतका लागि अमेरिकी राजदूत थिए भने जिजु हजुरआमा रोज केनेडी बोस्टनका मेयर तथा अमेरिकी संसदमा प्रतिनिधिसभा सदस्य जोन फिजेराल्डकी छोरी थिइन् ।

६९ बर्षीया एलिजाबेथ वारेन मासाचुसेट्सबाट अमेरिकी सिनेटरकी बरिष्ठ डेमोक्रेटिक सिनेटर हुन् । उनी सिनेटमा डेमोक्रेटिक ककसकी उपाध्यक्ष समेत हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com