संसारभर लोकप्रिय काग र मयूरको आँखा खोलिदिने कथा !


प्रकाशित मिति : माघ २६, २०७५ शनिबार

जंगलमा एउटा काग बस्दथ्यो । ऊ निकै खुसी थियो । यत्तिकैमा एकदिन उसले एउटा सेतो हाँस देख्यो । हाँसलाई नजिकबाट नियाल्दै उसले सोच्यो, ‘यो हाँस कति सेतो छ, तर म यस्तो कालो । यो त संसारकै सबैभन्दा खुसी र सुन्दर चरा होला ।’ उसले हाँसलाई भेटेर यो कुरा सुनायो ।

कागको कुरा सुनिसकेपछि हाँसले भन्यो, ‘जबसम्म दुई रंगवाला सुगा देखेको थिइन, त्यति बेलासम्म त मलाई पनि म नै संसारको सबैभन्दा खुसी र सुन्दर छु, जस्तो लाग्दथ्यो । तर अहिले मलाई लाग्छ, त्यही सुगा संसारकै सबैभन्दा खुसी सुन्दर चरा हो ।’ त्यसपछि कागले सुगालाई पनि भेट्ने निश्चय गर्‍यो ।

सुगाको नजिक गएर उसले भन्यो, ‘तिमी त कति खुसी होलाउ है ! सायद संसारकै सबैभन्दा सुन्दर र खुसी रहने पन्छी ।’ त्यसपछि सुगाले भन्यो, ‘मयूरलाई देख्नुअघि त म पनि यस्तै सोच्दथेँ । हरेक दिन खुसीसाथ बित्दथ्यो र सुखी पनि थिएँ । तर जब मयूरलाई देखेँ, त्यसपछि लाग्यो, ‘जाबो दुईवटा रंग भएको म त के सुन्दर ! सुन्दर त त्यो मयूर हो, जससँग दर्जनौँ रंगहरु छ ।
कति खुसी होला मयूर !’

सुगाको कुरा सुनिसकेपछि कागले मयूरलाई पनि भेट्न चाह्यो । मयूरलाई भेट्ने उद्देश्यले ऊ नजिकैको चिडियाघरमा पुग्यो । मयूरलाई हेर्न त्यहाँ सयौँ मानिसहरु झुम्मिएका थिए । देख्दा पनि निकै सुन्दर थियो त्यो मयूर । कागले एकछिन चुपचाप बसेर सबै गतिविधि नियाल्यो । मानिसहरु गइसकेपछि ऊ मयूरको नजिक गयो ।

अनि भन्यो, ‘तिमी त कति सुन्दर छौ । यति धेरै रंग तिम्रो शरीरमा छ । तिमीलाई देख्ने जो कोही पनि मोहित् हुन्छन् । कति खुसी छौ होला है ?’ मयूर बोल्यो, ‘मलाई हमेशा लाग्थ्यो म नै संसारको सबैभन्दा खुसी र सुन्दर पन्छी हुँ । तर पछि महसुस भयो, मेरो यही सुन्दरताको कारण नै चिडियाघरमा थुनिएको छु ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मैले यो चिडियाघरलाई निकै ध्यानपूर्वक नियालेँ । म जस्तै अन्य धेरै सुन्दर पन्छीहरु यहाँ थुनिएका रहेछन् । तर कौवालाई कतै देखिन । माथितिर हेरेँ कौवाहरु आफ्नै संसारमा मस्त थिए । जता मन लाथ्यो त्यतै पुग्थे, जे मन लाग्यो त्यही खान्थे ! त्यसपछि आजभोलि मेरो दिमागमा एउटा कुरा घुमिरहन्छ, ‘यदि म पनि कौवा भएर जन्मिएको थिएँ भने कति खुसी हुन्थेँ होला !’

मयूरको कुरा सुनिसकेपछि कौवाले निश्चय गर्‍यो, ‘म नै सबैभन्दा खुसी रहने प्राणी हुँ ।’ त्यसपछि खुसी हुँदै फर्किएको कौवाले कहिले अरुसँग आफूलाई तुलना गरेन । अनि पहिलेजस्तै सुखसाथ बस्न थाल्यो ।

सन्देश: यो कथाले निकै राम्रो शिक्षा दिएको छ । कौवा सोच्थ्यो हाँस सबैभन्दा खुसी छ, हाँसलाई लाग्थ्यो म त के हो र त्यो सुगा पो खुसी छ, उता सुगा मयूरको सुन्दरता देखेर मोहित थियो ।

उसलाई मयूर नै सबैभन्दा खुसी छ जस्तो लाग्थ्यो । तर मयूरको नजरमा कौवा सबैभन्दा खुसी थियो । यसबाट के प्रस्ट हुन्छ भने अरुसँगको तुलनाले आफूलाई सधैँ दु:खी तुल्याउँछ । त्यसैले आफूसँग जे छ त्यसमा खुसी हुन सिक्नुहोस् । सारा समस्या र पीडाहरु विस्तारै हल हुँदै जानेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com