अमेरिकामा भेटिइन् अनुष्का जस्तै अनुहार भएकी गायिका


प्रकाशित मिति : माघ २६, २०७५ शनिबार

बलिउड अभिनेत्री अनुष्का शर्माको हुबहु अनुहार भएकी एक गायिका भेटिएकी छिन् । अमेरिकी गायिका जुलिया माइकल्सको अनुहार अनुष्कासँग मिलेपछी स्वयं अनुष्का चकित परेकी छिन् । अनुष्काले आफु जस्तै देखिने जुलियाको फोटो शेयर गरेकी छिन् । अनुष्का जस्तै देखिने अमेरिकी गायिका जुलियाको फोटो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।

जूलियाले हालै ट्विटरमा आफ्नो तस्बिर शेयर गर्दै लेखेकी छिन – ‘हाइ अनुष्का शर्मा सायद हामी जुम्ल्याहा हौं ।’जुलियाको ट्वीटमाथि अनुष्काले पनि प्रतिक्रिया दिन पछि परिनन् उनले- ‘त्यही त हे भगवान म पुरै जिन्दगी तपाइं र मेरो अरु बाँकि पाँच जना अनुहार मिल्नेको अनुहार खोजेर बिताउँदै थिएँ ।’ भनाई छ कि एक जना मानिसको अनुहार संसारभरमा अरु पाँच जनासँग मिल्छ ।

सन् २०१७ मा सांगितीक दुनियाँमा प्रवेश गरेकी जुलिया गीत गाउन बाहेक लेखिका पनि हुन् ।एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com