बिरालाबारे १६ रोचक तथ्य
प्रकाशित मिति : माघ २५, २०७५ शुक्रबार
बिरालो अमेरिकामा सबैभन्दा लोकप्रिय घरेलु जनावर हो । अमेरिकामा ८८ मिलियन बिरालाहरु घरमा पालिएका छन् जबकी कुकुरको संख्या ७४ मिलियन छ ।
हरेक बर्ष चीनमा ४ मिलियन बिरालाहरु स्वादिष्ट भोजनका रुपमा खाने गरिन्छ ।
बिश्वमा बिरालाका ७० प्रकारका प्रजातीहरु रहेका छन् ।
बिरालाले गुलियो स्वाद लिन सक्दैन ।
बिरालाहरु आफ्नो जीवनको ७० प्रतिशत समय सुतेर बिताउँछन् ।
बिराला पाल्दा पक्षघात र हृदयघातको खतरा तीनगुणा कम हुने अनुसन्धानबाट देखिएको छ ।
सीआईएले ६० को दशकमा शोभियतबिरुद्ध जासुसीका लागि बिरालालाई तालिम दिन २० मिलियन डलर खर्च गरेको थियो । पहिलो जासुस बिरालो कारको ठक्करबाट मारिएको थियो ।
जापान र कोरियामा बिराला क्याफेहरु छन्, जहाँ तपाई कफी पिउदै बिरालाहरुसँग समय विताउन सक्नुहुन्छ ।
जापानमा कालाबिरालाहरु गुडलकको संकेत मानिन्छ ।
मान्छेको औठाछापजस्तै बिरालाको नाकको छाप एकअर्कासँग मिल्दैन ।
गर्भवती महिलाहरुको बिरालाको दिशा पिसाव गर्ने भाँडो सफा गर्नु हुँदैन । यसो गर्दा गर्भवती महिलाबाट जन्मिने बच्चा मानसिक असन्तुलन भएको, छारेरोग भएको वा अन्य समस्या भएको जन्मिनसक्छ ।
स्वीट्जरल्याण्डमा कुकुर र बिरालाको मासु खानु कानुनी मानिन्छ । तर प्राचिन इजिप्टमा भने दुर्घटनावश बिराला मारेपनि उक्त व्यक्तिलाई मृत्युदण्डको सजाय हुने प्रावधान थियो ।
बिरालाहरु पनि सुतेको समयमा सपना देख्छन् ।
बिरालाहरु चकलेट खाइसकेपछि बिरामी हुन र मर्नसमेत सक्छन् ।
अमेरिकामा बार्षिक ८६ हजारमान्छेहरु बिराला र कुकुरको आक्रमणबाट घाइते हुने गर्छन् ।
बिरालोको ९५ दशमलव ६ प्रतिशत डीएनए बाघसँग मिल्छ ।






