नवनियुक्त राजदूतहरु भन्दछन् : समृद्धिको लागि आर्थिक कूटनीति बलियो बनाउँछौ


प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार

विभिन्न देशका लागि नवनियुक्त नेपालका राजदुतहरुले आफु नियुक्त भएको देशबाट आर्थिक कूटनीतिको माध्यमबाट मुलुकमा लगानी भित्याउन आवश्यक पहल गर्ने बताएका छन । राजदुतहरुले नेपालको कृषि, पर्यटन, जडिबुटी र जलविद्युत लगायतको क्षेत्रमा आफु नियुक्त भएको देशबाट लगानीको वातावरण बनाउने पहिलो प्राथामिकता रहेको बताएका हुन ।

नेपाल चेम्बर अफ कर्मसले राजधानीमा गरेको अन्तक्रिया कार्यक्रमा भारतका लागि नेपालका नव–नियुक्त राजदुत निलाम्बर आचार्यले देशको समृद्धिको लागि उत्पादन र निर्यात हुन आवश्यक रहेको बताए । उनले मुलुकको समृद्धिका लागि भारतमा रहँदा निर्यात व्यापारको मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने बताए ।

नेपालको अहिलको व्यापार घाटाका कारण अर्थतन्त्रका कतिपय सुचक नकारात्मक दिशामा छन । जसको कारण समृद्धिको लागि आयातलाई कम गर्दै निर्यातमा जोड दिन आवश्यक छ ।

मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले बढ्दो व्यापार घाटा कम गर्न नेपाली उद्योगीहरु ब्यापारी मात्र नभै उत्पादनकर्ता बन्नु पर्ने आवश्यकता औंल्याए । इजरायलका लागि नेपाली राजदुत डाक्टर अन्जान शाक्यले नेपालमा बैदेशिक लगानीकर्ता भित्र्याउन आफुले सक्दो पहल गर्ने बताइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै उनले नेपाली महिला व्यवसायीहरु र इजराइलका महिला व्यवसायीहरुको बिचमा सम्बन्ध स्थापित गर्ने प्रतिवद्धता समेत जनाइन ।

नेपाल चेम्बर अफ कमर्सले राजधानीमा आयोजन गरेको सो कार्यक्रममा कर्यक्रममा युएईका लागि नेपाली राजदुत कृष्णप्रसाद ढकाल, थाईल्याण्डका लागि नेपाली राजदुत गणेश ढकाल, स्वीटजरल्याण्डका लागि नेपाली राजदुत मणी भट्टराई, फ्रान्सका लागि नेपाली राजदुत दिपक अधिकारी र कुवेतका लागि नेपाली राजदुत दुर्गा शर्माले आफूहरु इमान्दारिताका साथ समृद्ध नेपाल निमार्णको लागि राजदुत भएको देशबाट कुटनिटिक पहल गरेर देशमा लगानीको वतावरणका साथै नेपाली बस्तुुलाई बिश्व बजारमा पु¥याउन काम गर्ने बताएका थिए ।

चेम्बर अफ कर्मसका अध्यक्ष राजेशकाजीे श्रेष्ठले राजदुतहरुले नेपालको राष्ट्रिय स्वार्थ पुरा गर्नलाई नेपालको ब्यापार प्रबद्र्धन, लगानी अभिवृद्धि, पर्यटनको विकास र कृषि क्षेत्रको आधुनिकीकरणमा बिशेष पहल गर्न आग्रह गरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com