फेसबुकको नयाँ फिचर ; पाउने व्यक्तिले नदेख्ने गरी मेसेज डिलिट हुने


प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार

फेसबुकले मेसेज डिलीट गर्न सकिने नयाँ फिचर बनाएको छ । अब तपाइले पठाएको मेसेज पाउने मान्छेले नदेख्ने गरी हटाउन सकिने छ ।

यो भन्दा पहिला पठाउने व्यत्तिले मेसेज डिलिट गरे पनि पाउने व्यत्तिले देख्न मिल्थ्यो तर अब पाउने प्रापकले नदेख्ने गरी पनि मेसेज डिलिट गर्न मिल्नेछ ।

तर यो तर मेसेन्जरमा पठाइएका मेसेजहरु निश्चित समयमा डिलिट गरिसक्नु पर्नेछ ।

पठाएको १० मिनेट भित्रमा मात्रै डिलिट गर्न चाहेको मेसेज प्रापकले नदेख्ने गरी हटाउन सकिने छ । नत्र सो मेसेज पाउने व्यक्तिको च्याटबक्सबाट हट्ने छैन् ।
एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com