विष्णु शब्दको उत्पत्ति कसरी भयो र यसको अर्थ के हो ? जानौ !
प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार
वैदिक समय बाट नै विष्णु सम्पूर्ण विश्वको सर्वोच्च शक्ति तथा नियन्ताको रूपमा मान्य रहेका छन। हिन्दू धर्मको आधारभूत ग्रन्थमा बहुमान्य पुराणानुसार विष्णु परमेश्वरमा तीन मुख्य रूपहरु मा एक रूप हो। पुराणमा त्रिमूर्ति विष्णु लाई विश्वको पालनहार भनिएको छ।
न्याय लाई प्रश्रय, अन्याय लाई विनाश तथा जीव अर्थात मानव लाई परिस्थिति को अनुसार उचित मार्ग ग्रहण को निर्देश लाई विभिन्न रूपमा अवतार ग्रहण गर्नेवालाको रूपमा विष्णु मान्य रहेका छन।
पुराणको अनुसार विष्णु कि पत्नी लक्ष्मी हुन, उनको निवास क्षीर सागर हो, शयन शेषनाग को मथि हो र उनको नाभि बाट कमल उत्पन्न हुन्छ जिसमा ब्रह्मा जी स्थित हुनुहुन्छ।
उनि आफ्नो तलको बाया हाथ मा पद्म, आफ्नो तल वाला दाहिने हाथ मा कौमोदकी नाम को गदा, माथि वाला बाया हाथ मा पांचजन्य शंख र आफ्नो माथि वाला दाहिने हाथमा सुदर्शन चक्र धारण गर्नु हुन्छ।

विष्णु शब्द को उत्पत्ति र अर्थ
यस्तो मनिन्छ कि विष्णु शब्दको उत्पत्ति मुख्यतः विष धातु बाट भएको हो । निरुक्त १२.१८ मा यास्काचार्यले मुख्य रूपले विष् धातु लाइनै व्याप्ति को अर्थमा लिदै उसले विष्णु शब्दलाई निष्पन्न भनेका छन्।
वैकल्पिक रूपमा विष् धातुलाई पनि प्रवेश को अर्थमा लिएको छ, ‘किन कि यो विभु भएको हुदा सर्वत्र प्रवेश गरेको हुन्छ । आदि शंकराचार्यले पनि आफ्नो विष्णुसहस्रनाम-भाष्यमा विष्णु शब्द को अर्थ मुख्यतः व्यापक नै मानेका छन।,र उसको व्युत्पत्ति को रूपमा स्पष्ट लिखेका छन् कि व्याप्ति अर्थ को वाचक नुक् प्रत्ययान्त विष् धातुको रूप विष्णुनै बन्दछ।
विष्णु पुराणमा भनिएको छ कि त्यो महात्माको शक्ति यस सम्पूर्ण विश्वमा प्रवेश गरेको छ; त्यसैले यो विष्णु भनिएका छ किन कि विष् धातु को अर्थ प्रवेश गर्नु हुन्छ।
यस्तैनै ऋग्वेद को प्रमुख भाष्यकारों, आचार्य सायण, श्रीपाद दामोदर सातवलेकर र महर्षि दयानन्द सरस्वती जस्ता विद्वानहरुले पनि मानेका छन। यस बाट स्पष्ट छ कि विष्णु शब्द विष् धातु बाट उत्पन्न भएको हो र उसका अर्थ सर्वव्यापक हो।






