गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः असारमा परीक्षण उडान


प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउँदो असारदेखि सञ्चालनमा आउने भएको छ। असारमा परीक्षण उडान गर्ने गरी विमानस्थल निर्माण धमाधम भइरहेको छ। विमानस्थल निर्माण सन् २०१४ डिसेम्बरबाट सुरु भएको हो। यो समाचार आजको नागरिक दैनिकमा मोहम्मद हबिबले लेखेका छन् ।

‘भौतिक संरचनाको काम तीव्र गतिमा भइरहेको छ। विमानस्थलको ६५ प्रतिशत काम सम्पन्न गरिसकेका छौं, कुनै अवरोध नभए मुख्य संरचना निर्माण गरेर तोकिएको समयभन्दा पहिल्यै विमान उडाउने योजना छ’, विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर प्रवेश अधिकारीले भने। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजनामध्ये एक हो। अधिकारीका अनुसार असार १३ मा परीक्षण उडान गर्ने तयारी छ।

उनका अनुसार मुख्य धावनमार्गको काम धमाधम भइरहेको छ। तीन हजार मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग, एक हजार नौ सय मिटर लम्बाइ र २३ मिटर चौडाइमा ट्याक्सी वेसहितको विमानस्थलमध्ये चार तहमा कालोपत्रे गर्नुपर्छ।

अहिले धावनमार्गको दुई तहको कालोपत्रे पूरा गरेर तेस्रो तहको करिब ३० प्रतिशतभन्दा बढी काम सकिएको छ। धावनमार्गमा एक फिट मोटाइ कालोपत्रे गर्नुपर्छ। त्यसमा कठिन मानिने पहिलो र दोस्रो तहको कालोपत्रे सम्पन्न भइसकेको छ। अधिकारीले भने, ‘अबको १० दिनमा तेस्रो तहको कालोपत्रे सम्पन्न गरी अन्तिम तहको कालोपत्रे १५ कार्य दिनभित्र सम्पन्न हुन्छ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com