न्युयोर्क सिटीबारे ९ रोचक तथ्य


प्रकाशित मिति : माघ २३, २०७५ बुधबार

– म्यानहटनको आइल्याण्ड अमेरिकन इन्डियनहरुबाट सन् १६२६ मा किनिएको थियो, जसको मूल्य आधुनिक मुद्रामा १ हजार अमेरिकी डलर बराबर थियो ।

– न्यु आम्सटर्डम सिटी सन् १६६४ मा योर्कका ड्युकलाई उनका पिताले १८ औं जन्मदिनको उपहार स्वरुप दिएका थिए, पछि उनैले त्यसको नाम न्युयोर्क राखे

– सन् १७८९ मा न्युयोर्क सिटी एकबर्षका लागि अमेरिकाको राष्ट्रिय राजधानी बनेको थियो ।

– म्यानहटन शब्द अमेरिकाको आदिवासी लिनापे भाषाबाट आएको हो, जसको अर्थ आइल्याण्ड अफ मेनी हिल्स भन्ने हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

– न्युयोर्क सिटी यस्तो शहर हो, जहाँ एउटा पनि वालमार्ट स्टोर छैन ।

– न्युयोर्कबासीहरुले अमेरिकाको अरु सिटीमा बस्नेहरुको तुलनामा ६ गुणाबढी कफी पिउने गर्छन् ।

– न्युयोर्क सिटीमा ८ सय भाषाहरु बोलिन्छ । जसका कारण न्युयोर्क सिटी विश्वकै सबैभन्दा धेरै भाषिक विविधता भएको सिटी हो ।

– पोल्याण्डको वार्सापछि पोलिसहरुको सबैभन्दा ठूलो जनसंख्या न्युयोर्क सिटीमा रहेको छ ।

– राज्यमा समलिंगी विवाहले मान्यता पाएको पहिलो दिनमा न्युयोर्क सिटीमामात्र ८२३ समलिंगी जोडीले विवाह गरेका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com