न्युयोर्क सिटीबारे ९ रोचक तथ्य
प्रकाशित मिति : माघ २३, २०७५ बुधबार
– म्यानहटनको आइल्याण्ड अमेरिकन इन्डियनहरुबाट सन् १६२६ मा किनिएको थियो, जसको मूल्य आधुनिक मुद्रामा १ हजार अमेरिकी डलर बराबर थियो ।
– न्यु आम्सटर्डम सिटी सन् १६६४ मा योर्कका ड्युकलाई उनका पिताले १८ औं जन्मदिनको उपहार स्वरुप दिएका थिए, पछि उनैले त्यसको नाम न्युयोर्क राखे ।
– सन् १७८९ मा न्युयोर्क सिटी एकबर्षका लागि अमेरिकाको राष्ट्रिय राजधानी बनेको थियो ।
– म्यानहटन शब्द अमेरिकाको आदिवासी लिनापे भाषाबाट आएको हो, जसको अर्थ आइल्याण्ड अफ मेनी हिल्स भन्ने हुन्छ ।
– न्युयोर्क सिटी यस्तो शहर हो, जहाँ एउटा पनि वालमार्ट स्टोर छैन ।
– न्युयोर्कबासीहरुले अमेरिकाको अरु सिटीमा बस्नेहरुको तुलनामा ६ गुणाबढी कफी पिउने गर्छन् ।
– न्युयोर्क सिटीमा ८ सय भाषाहरु बोलिन्छ । जसका कारण न्युयोर्क सिटी विश्वकै सबैभन्दा धेरै भाषिक विविधता भएको सिटी हो ।
– पोल्याण्डको वार्सापछि पोलिसहरुको सबैभन्दा ठूलो जनसंख्या न्युयोर्क सिटीमा रहेको छ ।
– राज्यमा समलिंगी विवाहले मान्यता पाएको पहिलो दिनमा न्युयोर्क सिटीमामात्र ८२३ समलिंगी जोडीले विवाह गरेका थिए ।






