फेसबुकमा पठाएको मेसेज प्राप्तकर्ताको इनबक्सबाट समेत डिलिट गर्न सकिने


प्रकाशित मिति : माघ २३, २०७५ बुधबार

फेसबुकले मेसेज डिलीट गर्न सकिने नयाँ फिचर बनाएको छ । अब तपाइले पठाएको मेसेज पाउने मान्छेले नदेख्ने गरी हटाउन सकिने छ ।

यो भन्दा पहिला पठाउने व्यत्तिले मेसेज डिलिट गरे पनि पाउने व्यत्तिले देख्न मिल्थ्यो तर अब पाउने प्रापकले नदेख्ने गरी पनि मेसेज डिलिट गर्न मिल्नेछ । तर यो तर मेसेन्जरमा पठाइएका मेसेजहरु निश्चित समयमा डिलिट गरिसक्नु पर्नेछ । पठाएको १० मिनेट भित्रमा मात्रै डिलिट गर्न चाहेको मेसेज प्रापकले नदेख्ने गरी हटाउन सकिने छ । नत्र सो मेसेज पाउने व्यक्तिको च्याटबक्सबाट हट्ने छैन् ।

फेसबुकका सीईओ मार्क जुकरबर्गले आफ्नो च्याटबक्समा भने यो फिचर लामो समयदेखि नै उपलब्ध राखेका थिए । जुकरबर्गले कसैलाई पठाएका मेसेजहरु प्रापकको च्याटबक्सबाट समेत हटाइदिने गरेको कुरा सार्वजनिक भएसँगै फेसबुक प्रयोगकर्ताहरुले यस्तो फिचर सबैका लागि उपलब्ध गराउन माग गरेका थिए ।

त्यसपछि मंगलबार आएर फेसबुकले यो फिचर सबै फेसबुक प्रयोगकर्ताका लागि सार्वजनीक गरेको हो ।तर सबै प्रयोगकर्ता हरुमा यो फिचर अपडेट हुन केहि समय लाग्ने जनाइएको छ ।ऐजेन्सी

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com