रजनीकान्तकी छोरी दोस्रो विवाह गर्दै !


प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार

भारतका सुपरस्टार भनिने रजनीकान्तकी छोरी सौन्दर्याले आफू नायक विशागन वनंगमुदीसँग विवाह गर्न लागेको सोमबार जानकारी दिएकी छिन् । उनी फेब्रुअरी ११ तारिखमा विवाह हुँदैछ । सौन्दर्याले ट्वीट गरिन्, ‘एक हप्ता बाँकी । दुलही मोड, विशागन वेड सौन्दर्या ।’

उनको विवाह रजनीकान्तको पोइस गार्डनस्थित घरमा हुनेछ जसमा विवाहको तयारी मज्जाले सुरु भइसकेको छ । एक वेबसाइटका अनुसार रजनीकान्तकी श्रीमती लताले तमिलनाडु पुलिसलाई चिट्ठी लेखेर घरबाहिर सुरक्षा बढाउने माग गरेकी छिन् । उनका अनुसार घर बाहिर ट्राफिक जामको स्थिती हुनसक्छ र फ्यानको ओइरो लाग्न सक्ने भएकाले पुलिसको सहयोग मागिएको हो । फेब्रअुरी १० देखि विवाहको कार्यक्रम सुरु हुनेछ, ११ फेब्रुअरीमा विवाह र त्यसपछि १२ मा रिसेप्सन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com