ल्वाङ खाँदाको अचुक फाइदा


प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार

ल्वाङ बोटमा बासनादार फूल हुन्छ । जसदलाई सुकाएरु मसला बनाइन्छ । जसमा औषधीय गुणयुक्त युजेनल नामक तत्व हुन्छ । त्यसले स्वास्थ्यसम्बन्धी विभिन्न समस्या समाधान गर्छ ।

ल्वाङ नियमित सेवन गर्दा मुखमा सेलाइवा नामक रस बढी नै उत्पादन हुन्छ । जसले खाना पचाउन मद्दत गर्नुका साथै एसिडिटीको समस्याबाट राहत दिलाउँछ ।

ल्वाङको सेवनले रोगप्रतिरोधी क्षमता वृद्धि हुन्छ । यसमा एन्टिअक्सिडेन्टको मात्रा अत्यधिक हुने भएकाले छालालाई नरम र चम्किलो बनाइराख्न मद्दत पु¥याउँछ ।

ल्वाङमा हुने पोटासियम र भिटामिन एको मात्राले शरीरमा कमजोरीपन आउने समस्या हटाउन सहयोग गर्छ । ल्वाङले आँखाको ज्यातिलाइ कायम राख्न मद्दत गर्छ । साथै, पिनासको जोखिम कम गर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ल्वाङ हालेको चिया नियमित पिउँदा दाँत बलियो हुने, मुखभित्रका घाउ निको हुने गर्छ । त्यसैगरी, कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com