रमेश र मन्जू ले ल्याए ! अमेरिकामा लामपाते सुरती !!


प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार

मीठो स्वर का धनि चर्चित लोकगायक रमेश परियार र मन्जू पून मगर ले भर्खरै लामपाते सुरती बाेलकाे लाेक दाेहाेरी गीत बजार मा ल्याएका छन।

सर्जक खेम सेञ्चुरी लय, शब्द मा गायक रमेश परियार र मञ्जु पुनकाे आवाज दिएका छन । गितमा चर्चित नृत्यकार शंकर बिसी र रिना थापा मगरकाे नृत्य रहेकाे छ ।शंकर बिसीकै निर्देशनमा रहेकाे म्युजिक भिडियाेकाे छाँयाङकन दुर्गा पाैडेल र सम्पादन नवीन घर्तीले गरेका छन । संस्कृती म्युजिक प्रालीकाे प्रस्तुतीमा रहेकाे भिडियाे भने खेम सेञ्चुरी अफिसियल युटुव च्यानल बाट अपलोड गरिएको छ ।


यस अघि पनि रमेश र देवी घर्ती स्वरमा रहेको “म उत्तरको ऊनी चाहीं दक्षीण की, भन्छन सबले बत्तीसै लक्षिन की” लगाएत दर्जनौ गीत मा स्वर दिएका छन ।लामो समय देखी अमेरिका बस्दै आएका परियार ले नेपाली लोक संस्कृति लाई देश तथा विदेशमा जोगाई राख्न पहल गरी रहेका छन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com