क्रिकेट टोली स्वदेश फर्कियो, विमानस्थलमा भव्य स्वागत


प्रकाशित मिति : २१ माघ २०७५, सोमबार

युएईविरुद्ध एकदिवसीय र टी-२० शृंखला जितेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।राष्ट्रिय खेलकुद परिषद्ले पारस खड्का नेतृत्वको टोलीलाई स्वागतका लागि विमानस्थलमा रातो कार्पेट ओछ्याएको हो ।

साेमबार दिउँसो ४ बजे त्रिभुवन विमानस्थल आइपुगेको टोलीलाई स्वागत गर्न नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, राखेपका सदस्य सचिव केशवकुमार बिष्ट लगायत खेलकुद पदाधिकारीसहात हजाराैँ खेलप्रेमीहरु विमानस्थल पुगेका थिए ।

समर्थकहरुले क्रिकेट टोलीको स्वागतमा नेपाली झण्डा बोकेर ‘नेपाल नेपाल’ भन्दै उल्लास मनाएका थिए । युएईविरुद्धको एकदिवसीय र टी-२० दुवै श्रृङ्खला नेपालले समान २-१ ले आफ्नो पक्षमा पारेर इतिहास रचेको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com