मागेर क्रिकेट रंगशाला होईन एकसय रुपैयाँमा उपचार हुने अस्पताल बनाउनुहोस्


प्रकाशित मिति : माघ २१, २०७५ सोमबार

मागेरै क्रिकेट रंगशाला बनाउने हो भने धुर्मुसेको ठाउँमा ‘माग्ने बुढा’लाई नै नेता मानेको भए हुन्थ्यो । नाम र काम दुबै मिल्थ्यो । यसले हाम्रो माग्ने सँस्कृतिलाई झन उन्नत बनाउँथ्यो । मगन्तेहरुको यो देशमा हामी क्रिकेटको मनोरँजन पनि मागेरै गर्ने मानसिकता बोकीरहेका छौं ।जनतासँग चन्दा मागेर भौतिक पुर्वाधार निर्माण गर्ने हो भने हे धुर्मुस र सुन्तलीहरु, उत्तम सँजेलले झैं एक सय रुपैयाँमा पढन पाइने स्कूल र एक सय रुपैयाँमा उपचार गर्न पाइने अस्पताल खोल्नुस् ।

शिक्षा र स्वास्थ्यलाई लोक कल्याणकारी बनाउनु आजको मुलभूत प्राथमिकता र दायित्व हो । कुनै रोग लागेमा एक नागरिकको सारा सम्पत्ती स्वाहा हुने आजको अवस्थाको अन्त्य गरौं । यसका लागि निजी शिक्षण र स्वास्थ्य सँस्थाहरु बन्द गराउँ । सेवामुलक क्षेत्रमा निजी क्षेत्रको व्यापारीक लगानी जरुरी छैन । शिक्षा र स्वास्थ्य नाफा कमाउने क्षेत्र हैनन् ।सरकारले शत प्रतिशत स्वास्थ्य र शिक्षालाई लोक कल्याणकारी बनाउन सक्दैन भने, महतोदेखि चौधरीसम्म, घलेदेखि सुमार्गीसम्म, गुरुङदेखि प्रशाइसम्मका धनधान्यले युक्त नागरिकहरुको पहलमा एउटा ‘हेल्ट ट्रष्ट’ बनाउँ । यो ट्रष्टलाई सबै मनकारीले आ–आफ्नो पितृको मोक्ष, पुण्य कमाउने चाहना, सेवा गर्ने लालसा, परलोकमा न्याय पाउने आशा या मरेपछि स्वर्गै जाने अनेक सोचबाट प्रेरीत भएर गच्छे अनुसार चन्दा दिउँ । र, यसको नेतृत्व धुर्मुसेलाई दिउँ र धुर्मुसमार्फत देशव्यापी चन्दा आव्हान गरौं । कोषमा जति चन्दा सँकलन हुन्छ, त्यसमा सरकारले तिस प्रतिशत थपोस् । यसको सँचालनका लागि स्वच्छ छवीका व्यक्तिहरुको समिति बनोस् । र, यो ट्रष्टले सातै प्रदेशमा समता अस्पताल झैं सय रुपैयाँमै उपचार हुने अस्पताल खोलोस् । रगत, दिशा, पिसाब, खकार, फोक्सो, किडनी, लिभर, मगज, करङ, अण्कोष, पाठेघर, पेट, मुटु, नाक, कान, घाँटी, घुँडा आदि शरीरका कुनै पनि अँगको परिक्षण, अल्ट्रासाउण्ड, एक्सरे, एमआरआई, इसीजी आदि गर्न जनताले सुको तिर्न नपरोस् । प्लस टुसम्म निशुल्क पढन पाइने स्कुल खोलियोस् ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चन्दा मागेर क्रिकेट रँगशाला बनाउनु भनेको दिनभरी सडकमा भिख मागेर साँझ डिस्को जानु हो । मधुर भण्डारकरको फिल्म ट्राफीक सिग्नलमा यस्तै एउटा पात्र छ, जो दिनभरी सडकमा माग्नेको गेट अपमा भिख माग्छ, अन्धो भएर । साँझ परेपछि गर्लफ्रेन्डलाई लिएर दिनभरी मागेको पैसाले डिस्को जान्छ, रगँरलीया मनाउँछ । यही फिल्ममा अर्को पात्र पनि हुन्छ, जो सडक किनारमा बसी भिख मागेको पैसाले बृद्ध बाबुको उपचार गर्छ । मागेको पैसा कहाँ लगाइन्छ ? भन्ने प्रश्न बडो महत्वपूर्ण छ । जनतासँग मागेको पैसाले जनताका प्राथमिक समस्या समाधानमा लगाउनुपर्छ । र, क्रिकेट रँगशाला जनताको प्राथमिकता हैन, जनताको प्राथमिकता शिक्षा र स्वास्थ्य हो । धुर्मुस र सुन्तलीले आफ्नै गोजीको पैसाले क्यासीनो सेन्टर नै बनाउन्, हामीलाई बाल मतलब भएन । तर, हाम्रो प्राथमिकताभन्दा बाहेकका चिजहरु निर्माण उनले हामीसँग चन्दा माग्नु विवेकसम्मत हैन । सक्छौ भने, उत्तम सँजेलले झैं एक सयमा उपचार हुने अस्पताल र एक सयमा पढाई हुने स्कूल खोल्ने अभियान चलाउ, म पनि दिलखोलेर चन्दा दिन्छु ।

स्रोत : जनप्रशाशनडटकमको लागी कुसुम भट्टराईले लेख्नु भएको लेख !

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com