देश उल्टो दिशामा जाँदैछ, स्वीकार्य छैन : जनार्दन शर्मा


प्रकाशित मिति : २१ माघ २०७५, सोमबार

नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य जनार्दन शर्माले सरकारले संविधान पालना नगरेको बताएका छन् ।

सोमबार नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)ले गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले केपी ओली नेतृत्वको सरकारले संविधान विरोधी गतिविधि गरिरहेको आरोप लगाएका हुन् ।

उनले कर्मचारी समायोजन र शान्ति सुरक्षा विधेयकमार्फत् सरकारले संविधानविरोधी काम गरिरहेको बताउँदै भने, ‘सरकारले संविधान पालना गरिरहेको छैन । मैले सरकारको विरोध गर्न खोजेको होइन तर सरकारले विधेयक ल्याउँदा संविधानअनुसार ल्याउनु परेन ? कर्मचारी समायोजन गर्नु परेन ? सबै मुठ्याएर माथि राख्ने प्रदेश र स्थानीय सरकारलाई निकम्मा बनाउने अनि संघीयता चल्छ ?’

पूर्वगृहमन्त्रीसमेत रहेका शर्माले देश उल्टो दिशामा गइरहेको र त्यो स्वीकार्य नहुने उल्लेख गरे । उनले राजनीतिक नेतृत्व र कर्मचारीको मिलेमतोमा संघीयताविरोधी गतिविधि भइरहेको बताए ।

नेकपामा आफ्ना कुराहरु राख्न अहिले पहुँच नभएको उनले गुनासो गरे ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com