एक सर्को चुरोटले मानिसको ज्यानै जान्छ !


प्रकाशित मिति : माघ २१, २०७५ सोमबार

– एउटा अनुसन्धानअनुसार एक सर्को चुरोट तान्दा सात हजारभन्दा बढी हानिकारक केमिकल मानिसको शरीरमा प्रवेश गर्छन् । यीमध्ये दुई सय ५० भन्दा बढी केमिकल निकै खतरनाक हुन्छ ।

– त्यसरी प्रवेश गरेको ६९ केमिकल क्यान्सरको कारण बन्ने गर्छ । यस्ता हानिकारक केमिकल मानिसको मृत्युको कारणसमेत बन्न सक्छ ।

– धूम्रपान र तम्बाखुको सेवनले मुटुमा धमनीसम्बन्धी रोग, फोक्सोको क्यान्सर आदि हुने सम्भावना पनि बढाएर लैजान्छ ।

– धूम्रपानले क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज (सिओपिडी)को पनि अत्यधिक सम्भावना हुन्छ । नियमित धूम्रपान गर्ने हरेक चारमध्ये एकलाई सिओपिडी हुने गरेको पनि अनुसन्धानबाट पत्ता लागेको छ । दम र सिओपिडी दुवैले फोक्सोको क्रियाशीलतामा कमी ल्याउने काम गर्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

– सिओपिडी समस्याको एक मात्र उपचार भनेको धूम्रपान त्याग्नु हो । जसको कारण मायोकार्डियल इन्फेक्सन, फोक्सो क्यान्सरको सम्भावना पनि निकै कम
भएर जान्छ ।

– धूम्रपानले फोक्सो र अन्य श्वासप्रश्वास तन्त्रलाई क्षति पु-याउने गर्छ । जसका कारण उच्च रक्तचाप, अक्सिजनको कमीलगायत समस्या हुने गर्छ ।

– धूम्रपान नगर्ने मानिसको तुलनामा धूम्रपान गर्नेमा सिओपिडीको सम्भावना तीन गुणाले बढेर जान्छ ।

– नियमित धूम्रपान गर्ने ४० प्रतिशत मानिसलाई स्थायी ब्रोंकाइटिस हुने गर्छ । त्यसमध्ये आधा मानिस सिओपिडीको सिकार हुने गर्छन् ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com