रुकुम पूर्वको सदरमुकाम विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले आइतबार साँझदेखि निषेधाज्ञा जारी गरेको छ ।
गोलखाडाका स्थानीयले रुकुमकोटमा जबरजस्ती प्रदर्शन गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा कायम गर्न भन्दै आइतबार साँझ ७ बजेदेखि अनिश्चितकालका लागि कफ्र्यू आदेश जारी गरिएको हो ।
आन्दोलनका कुनैपनि कार्यक्रम नगर्न अनुरोध गरिए पनि कार्यक्रम जारी राख्ने देखिएपछि स्थिति सामान्य बनाइ राख्न तथा शान्ति सुरक्षा कायम गर्न अनिश्चितकालका लागि कफ्र्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।