चिकित्सकको सिफारिस भन्दा बढी दाँत माझ्छन अमेरिकी बालबालिकाहरु


प्रकाशित मिति : २१ माघ २०७५, सोमबार

अमेरिकाका धेरै बालबालिकाले चिकित्सकले सिफारिश गरेको भन्दा धेरै मन्जन प्रयोग गर्ने गरेको पाइएको छ ।

अमेरिकाको रोग नियन्त्रण तथा न्युनीकरण केन्द्रले दिएको जानकारी अनुसार सन् २०१३ देखि २०१६ सम्मको तथ्याङ्कलाई विश्लेषण गर्दा ३८ प्रतिशत बालबालिकाले तोकिएको भन्दा बढी मन्जन प्रयोग गर्ने गरेका देखिएको छ ।

यसरी बढी मात्रामा दन्तमन्जन प्रयोग गर्नेमा तीन वर्षदेखि छ वर्षसम्मका बालबालिका रहेको जनाएको छ ।

केन्द्रले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार अधिकांश बालबालिकालाई उनीहरुका आमाबुबाले छ महिनाको उमेरदेखि दाँत माझिदिने गरेकोमा चिकित्सकले भने दुई वर्षपछि मात्र दाँत माझ्न सुरु गर्न सिफारिस गरेका थिए । (रासस/सिन्ह्वा)

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com