फिल्म ‘गुप्त’ को आइटम गीत रिलिज भएको छ । सार्वजनिक गीतमा नायिका सुष्मा कार्कीले कम्मर मर्काएकी छिन् । फिल्मका केहि सस्पेन्स मोन्टाज सहितको भिडियोमा सुष्माको बोल्ड ठुम्का देख्न सकिन्छ ।
‘म आँख मारिदिन्छु’ बोलको गीतमा स्वर सहिमा श्रेष्ठको छ भने संगीत सजन श्रेष्ठको छ । राज कर्माकारको शब्दमा तयार भएको गीतको भिडियोलाई दिप्सन डंगोलले खिचेका छन् । फिल्मलाई दिपेन्द्र अग्रवाल र मीता मुराकार अग्रवालले निर्माण गरेका हुन् । गुप्त को प्रदर्शन मिति तय भैसकेको छैन ।
शक्ति प्रज्वल घिमिरेको सम्पादन रहेको फिल्मलाई राज रोय र भोजराज घिमिरेले संयुक्त रुपमा निर्देशन गरेका छन् । फिल्म ‘गुप्त’मा भरत कार्की, नाफे खान, सुष्मा कार्की, सन्दिप सिग्देल, अंशु थापा, विश्वराज ढकाल, नीभा अधिकारी, विनोद सिग्देल र रय्जु लिम्बु लगायतको अभिनय छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।